बिहिवार, कार्तिक १८ २०७८
काठमाडौं - शिक्षक सेवा आयोगले स्थायी शिक्षकको विज्ञापन तिहारलगत्तै खुलाउने तयारी गरेको छ । लामो समय देखि खुल्ने तयारी भएपनी नियमावली संशोधन र अन्य प्राबिधिक समस्या देखाउदै बिग्यापन खोल्न नसकेको आयोगले अब भने तिहारलगत्तै खोल्ने बताइएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग तिहार सकिने पगत्तै छलफल गरी विज्ञापन खोल्ने तयारी रहेको आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले जानकारी दिए । उनले भने ‘हामी तिहारलगत्तै मन्त्रीज्यूसँग एक पटक छलफल गरेपछि विज्ञापन खुलाउने आन्तरिक तयारीमा छौं ।’
यस अघि शिक्षा मन्त्री देबेन्द्र पौडेलले समेत आयोगको बिग्यापन खोल्ने तयारी भैरहेको र चाडै खोल्ने जानकारी दिएको थियो।
शिक्षा सेवा आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुझाएको तथ्यांक अनुसार तीन तहमा १७ हजार बढी विषयगत शिक्षक पद रिक्त भएको छ । त्यसमा सबै भन्दा बढी प्राथमिक तहमा १२ हजार जना को आवस्यकता रहेको बताइएको छ।
यद्यपि नियमावली संशोधन नहुँदासम्म वार्षिक कार्यतालिका सार्वजनिक गर्न र शिक्षक बढुवाको लागि विज्ञापन खुलाउन भने समस्या हुने आयोगले जनाएको छ ।