Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा १२ को नतिजा मंसिर दोस्रो साताभित्र आउने।

कक्षा १२ को नतिजा मंसिर दोस्रो साताभित्र आउने।

  • 517
    SHARES

  • कक्षा १२ को नतिजा मंसिर दोस्रो साताभित्र आउने।

    काठमाडौं - माध्यमिक तह कक्षा १२ को नतिजा मंसिर दोस्रो साताभित्र आउने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । 

    नतिजा सम्बन्धी काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेकाले मंसिर दोस्रो साताभित्र प्रकाशन गर्ने तयारी रहेको बोर्डका प्रवक्ता जघनबहादुर अर्यालले जानकारी दिए। अर्यालले अहिले नतिजा रुजु गर्ने, कपी जाँच गर्नेलगायत काम एकै पटक भइरहेको जानकारी दिए ।

    गत भदौ ३० गतेदेखि असोज ८ सम्म सञ्चालन भएको कक्षा १२ परीक्षाका लागि ३ लाख ७२ हजार ३४८ जना विद्यार्थीहरुले परीक्षा आवेदन फारम भरेको बोर्डले जनाएको छ ।

    बोर्डले विद्यार्थी लाई सहज गराउन होमसेन्टर को ब्यबस्थापन गरेको थियो र जम्मा ४ हजार ३ सय १० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरेको थियो । 

     

    images
    शुक्रवार, कार्तिक २६ २०७८०८:१०:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार