शुक्रवार, कार्तिक २६ २०७८
काठमाडौ- हालै गरिएको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको चौतर्फी बिरोध भएको छ। मूल्य वृद्धि विरुद्ध विभिन्न संगठन हरुले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन।
यसै सन्दर्भमा पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गरेको छ।

शुक्रबार साँझ राजधानीको त्रिचन्द्र कलेज परिसरमा अनेरास्ववियूका कार्यकर्ताहरूले मसाल जुलुस प्रदर्शन गरेका हुन् । सरकारले बिहीबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुमा लगाएको मुल्य वृद्धिको विरुद्ध नेकपा निकट अखिल क्रान्तिकारी लगाएत ६ विद्यार्थी संगठन नेपाल आयल निगमको प्रमुख कार्यलय टेकुमा विरोध प्रदर्शन गरेका छन।

यस अघि आयल निगम प्रमुख लाई ज्ञापनपत्रसमेत समेत बुझाएका विद्यार्थी संगठन मुल्य वृद्धि फिर्ता नहुदा सम्म आन्दोलन जारी राख्ने बताएका छन।

काठमाडौं, २६ कार्तिक । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठन स्थापना कालदेखि नै न्याय र सत्ताको पक्षमा उभिँदै आएको भन्दै निगमले गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताईन् ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनिन्,‘हाम्रो संगठनले प्रतिपक्षी आन्दोलनको विरासत बोकेको ईतिहास छ । नेपाल विद्यार्थी आन्दोलनको आजको रोग भनेको अन्ध विरोध र अन्ध समर्थन नै हो ।
जनताका विरुद्धमा गरिने लुटपाट र भ्रष्टाचारमा अन्धभक्त समर्थन पनि भएका छन्, अनि जनप्रिय कामको विरोध पनि भएका छन् । तर, हामी त्यसो गर्दैनौं । अहिले मेरो पार्टी सरकारमा छ, महँगी बढेको छ, मूल्यवृद्धि भैरहेको छ । यो जनविरोधी निर्णय हो ।
जनताको चुल्हो निभाउने निर्णय हो । जनताको पक्षमा विद्यार्थी आन्दोलन हो । जनताको सवाललाई हामी शीरमा राख्छौं । मूल्यवृद्धिको विरुद्धमा हामीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छौं ।’
उनले अहिले आफ्नो पार्टीका मन्त्रीहरुको कुर्सी जान्छ भने पनि आफूहरुलाई त्यो सरोकार नभएको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राखिने चेतावनी दिईन् । उनले भनिन् मूल्यवृद्धि फिर्ता नभए हामी अर्को उत्कर्षको कार्यक्रम घोषणा गर्छौं ।’
पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध बिप्लवले नेतृत्व गरेको नेकपाले नेपाल बन्द सहित आन्दोलनको घोषणा गरेको छ।
महासचिव विप्लवद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएका सङ्घर्षका कार्यक्रमहरू अन्तर्गत कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन , कात्तिक, २६ गते प्रचार /प्रसार र साँझ मशाल जुलुस , कात्तिक, २७ गते देशव्यापी प्रदर्शन : दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा , कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम , कात्तिक, २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्द रहेको छ।

पार्टी महासचिव ले एक बिग्यप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन्

सत्तारुढ दल कांग्रेस निकट नेबिसंघ ले मुल्य वृद्धि विरुद्ध बिग्यप्ती।
सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नभएसम्म आफूहरको आन्दोलन जारी रहने बताए । आज एक बिग्यप्ती जारी गर्दै मुल्य वृद्धि को बिरोध गरेको हो।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुँदैनः निगम
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नसक्ने जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता लिन नसकिने बताएका हुन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपाध्यायले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिनु निगमको बाध्यता भएको भन्दै यो फिर्ता नहुने बताए ।
उनले भने,‘समायोजना भन्नुहोस वा अरु केही भन्नुहोस, तर यो मूल्यवृद्धि भएकै हो । समायोजन त निगमको बाध्यता हो । अहिलेको अवस्थामा यो फिर्ता हुँदैन् ।’ उनले मूल्यवृद्धि नगर्दा निगमलाई अरबौं घाटा हुने भएकोले बाध्य भएर मूल्यवृद्धि गरिएको स्पष्ट पारे ।