Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालयमा ताला लगाएर शिक्षक निस्के भ्रमणमा।

विद्यालयमा ताला लगाएर शिक्षक निस्के भ्रमणमा।

  • 559
    SHARES

  • विद्यालयमा ताला लगाएर शिक्षक निस्के भ्रमणमा।

    पर्सा - लामो समय बन्द रहेका शैक्षिक सँस्था चाँडबाँड सकिए लगत्तै धमाधम खुल्न थालेका छन। लकडाउको कारण बन्द भएका शैक्षिक संस्था संक्रमणदर घटे संगै धमाधम खुल्न थालेका हुन।

    तर पर्साको पकाहामैनपुर गाउँपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरु भने विद्यालय बन्द गरेर शैक्षिक भ्रमणमा गएको पाइएको छ । 

    चाडपर्व बिदा सकिएर भर्खर विद्यालय खुलेपनी शिक्षकहरु भने विद्यालयमा पढाउनु भन्दा भ्रमणतिर लागेका छन् । शुक्रबारदेखि मंगलबारसम्म पाँच दिनका लागि शिक्षकहरु भ्रमणमा गएको पाइएको हो । 

    गाउँपालिका कार्यालयको पाँच लाख आर्थिक सहयोगमा उनीहरु नेपालका विभिन्न स्थानमा भ्रमणमा गएको पालिकाले जनाएको छ ।  गाउँपालिका कार्यालयले पालिकाभित्रका शिक्षकहरुका लागी दुई वटा ठुलो बसमा भ्रमणमा पठाएको स्थानीयबासीले बताएका छन् । 

    पालिकाका अनुसार पालिकाभित्रका करिब  ६७ जना शिक्षक लगायतका कर्मचारीहरु भ्रमणमा गएका छन् । 

    पकाहामैनपुर गाँउपालिका कार्यालयका शिक्षक संयोजक दामोदार द्धिवेदीले पालिकाको आर्थिक सहयोगमा पालिका भित्रका शिक्षकहरु भ्रमणमा निस्किएको स्वीकार गरे ।  उनले पालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरु आन्तरिक सहमति अनुसार बिदा मिलाएर विद्यालय बन्द गरेको उनले बताए । 

    त्यसैगरी गाउँपालिका अध्यक्ष विजय चौरसीयाले विगत लामो समयदेखि शिक्षकहरुका लागी पालिकाबाट छुट्याइएको बजेटलाई सदुपयोग गरीएको बताउछन। अध्यक्षका अनुसार नमुना विद्यालयको भ्रमण गर्ने उद्देश्यले शिक्षकहरु भ्रमणमा गएका हुन् ।

     

    images
    शनिवार, कार्तिक २७ २०७८१२:२१:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार