आइतवार, कार्तिक २८ २०७८
काठमाडौं - बिप्लव ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा त्रि-चन्द्र क्याम्पस अगाडि चक्काजाम गरेको छ।
सडकमा बसेर चक्काजाम गर्ने क्रान्तिकारीका विद्यार्थी हरु माथी प्रहरी द्वारा धरपकड गर्दै २५ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
प्रहरीले त्रि-चन्द्र क्याम्पस अगाडि चक्का जाम गर्ने विप्लव नेकपा निकट विद्यार्थी नेतालाई पक्राउ गरेको हो । क्रान्तिकारीले आज बिहान १ घण्टा त्रिचन्द्र क्याम्पस अगाडि चक्का जाम गरेको थियो ।
कार्यकर्ताहरुले सडक अवरुद्ध बनाएर टायर बालेपछि प्रहरीले चक्का जाममा हस्तक्षेप गरी केही विद्यार्थी नेताहरुलाई पक्राउ गरिएको छ । यसअघि नेकपा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्धमा आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए।
सो क्रममा विप्लब्को उपाध्यक्ष नरेन्द्र बिक सचिवालय सदस्य मदन केसी , ललित विक नवराज भट्ट सहित २५ जना पक्राउ परेका छन् । आन्दोलित नेकपाले कात्तिक २५ गते देखि ३० गते सम्म देशव्यापी विरोधको कार्यक्रम घोषणा गरेको थियो । सोही आन्दोलनको तालिकाअनुसार आज एक घण्टा चक्काजाम गरिएको थियो ।
भोलि दिउँसो सिठी जुलुस र बेलुका मसाल जुलुस गर्ने कार्यक्रम रहेको विप्लव समूहले बताएको छ । त्यस्तै कात्तिक ३० देशभर नेपाल बन्द गर्ने घोषणा समेत गरेको छ ।


