Jul 27 2026 | २०८३, श्रावण ११ गते

कोरिया भाषा परीक्षा आगामी पुस १ गतेदेखि संचालन हुने।

कोरिया भाषा परीक्षा आगामी पुस १ गतेदेखि संचालन हुने।

  • 491
    SHARES

  • कोरिया भाषा परीक्षा आगामी पुस १ गतेदेखि संचालन हुने।

    काठमाडौँ — सन् २०२१ को कोरियन भाषा परीक्षा आगामी पुस १ गते देखि संचालन हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस (EPS) कोरिया शाखाले एक सूचना जारी गर्दै भाषा परीक्षा पुस १ देखि ७ गतेसम्म हुने जानकारी दिएको छ ।

    बिशेष कम्प्युटर प्रणालीबाट नै परीक्षा हुने र वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउने बारे दक्षिण कोरियाको मानव संसाधन विभागसँग सहमति भएसँगै पुस १ देखि ७ गतेसम्म भाषा परीक्षा सञ्चालन गर्न लागिएको ईपीएस शाखा कार्यालयका निर्देशक सुरेश रावतले जानकारी दिए ।

    भाषा परीक्षाको लागि मंसिर ६ देखि ८ गतेसम्म अनलाइनमार्फत आवेदन दर्ता गर्नुपर्नेछ । अनलाइनबाट आवेदन भरिसकेपछि प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गरी सुरक्षित राख्नुपर्नेछ ।

    परीक्षा शुल्क अमेरिकी डलर २४ तोकिएको छ । राष्ट्र बैंकले तोकेको सो बराबरको बिनिमयदरको हिसावले नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको खातामा जम्मा गरिदिनुपर्नेछ ।

    साखाका अनुसार परिक्षा दिएको एकमहिना भित्रै रिजल्ट प्रकाशित गर्ने जनाएको छ।

    त्यसैगरी २०१७–देखि १९ सम्म भाषा परीक्षा उर्तिण गरेर बसेकाहरुलाई पनि डिसेम्वरदेखि कोरिया पठाउने प्रक्रिया सुरु हुने जनाइएको छ।

    दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ।

     

    images
    सोमवार, कार्तिक २९ २०७८०८:३४:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार