Jul 27 2026 | २०८३, श्रावण ११ गते

मुल्यवृद्धि विरुद्ध गरिएको नेपाल बन्दको प्रभाव, देशैभरी शिक्षण संस्था बन्द।

मुल्यवृद्धि विरुद्ध गरिएको नेपाल बन्दको प्रभाव, देशैभरी शिक्षण संस्था बन्द।

  • 483
    SHARES

  • मुल्यवृद्धि विरुद्ध गरिएको नेपाल बन्दको प्रभाव, देशैभरी शिक्षण संस्था बन्द।

    काठमाडौ - पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि विरुद्ध गरेको नेपाल बन्दको प्रभाव देशै भरी परेको छ। उपत्यका लगाएत देशै भरि छिटफुट बाहेक शिक्षण संस्था बन्द रहेका छन।

    मुल्य वृद्धि विरुद्ध बिप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो। यस अघि मुल्यवृद्धि विरुद्ध सिटि जूलूस, चक्काजाम, मसाल जूलूस लगाएत कार्यक्रम हुँदै आएका थिए।FB_IMG_1637037729750.jpg

    बन्दका कारण उपत्यका लगाएत सहरी क्षेत्रमा छिटफुट सबारी साधन चलेपनि अन्यत्र भने पुर्णतः बन्द रहेको छ। बन्द कर्ता हरुले विभिन्न स्थानमा सडका टायर बालेर बिरोध प्रदर्शन गरेका छन।FB_IMG_1637037080120.jpgScreenshot_20211116-101813_Facebook.jpg

    बन्दकर्ताले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता गर्न एक दिने नेपाल बन्द गरेको बताएका छन।Screenshot_20211116-101741_Facebook.jpgScreenshot_20211116-101711_Facebook.jpg

    मूल्य वृद्धि विरुद्ध चौतर्फी बिरोध भएपनी आयल निगमले भने वृद्धि भएको मुल्य फिर्ता नहुने बताइसकेको छ।

    हिजो संयुक्त विद्यार्थी संगठन र आयल निगमाका पदाधिकारीहरु बसेको बैठक समेत असफल भएको छ।

    पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण जनताको जनजीवनमा भने अत्यधिक नकारात्मक असर पारेको छ। दैनिकी जीवन मा उपभोग हुने सामाग्रीको भाउ समेत आकासिएको छ।FB_IMG_1637037096555.jpg

    दैनिक जनजीवनमा असर गरेपछी जनता समेत आक्रोसित छ। यसअघि नेत्र बिक्रम चन्द (बिप्लव) ले मूल्य वृद्धि विरुद्ध जस्तोसुकै आन्दोलन गर्न तयार रहेको भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेको थियो।

    मुल्य वृद्धि फिर्ता गर्न के गर्नु पर्ला त ? तपाइको आफ्नो धारणा के छ?

     

    images
    मंगलवार, कार्तिक ३० २०७८१०:१०:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार