Jul 27 2026 | २०८३, श्रावण ११ गते

राष्ट्रिय परिक्षा बोर्ड ।

कक्षा १२ को परिक्षाफल मंसिर २० गते भित्र सार्वंजनिक गर्ने बोर्डको तयारी।

कक्षा १२ को परिक्षाफल मंसिर २० गते भित्र सार्वंजनिक गर्ने बोर्डको तयारी।

  • 672
    SHARES

  • कक्षा १२ को परिक्षाफल मंसिर २० गते भित्र सार्वंजनिक गर्ने बोर्डको तयारी।

    काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षाफल मंसिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको परिक्षाको नतिजा सार्वजनिक हुने बोर्डले जनाएको हो।

    बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको छ । नियमित कामबाहेक अन्य कुनै प्राविधिक समस्या नआए मङ्सिर २० भित्रै नतिजा सार्वजनिक हुने शर्माले बताए ।

    परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

    यस पटकको नतिजा सार्वजनिक नभए पनि अर्को परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीका लागि भने बोर्डले रजिस्ट्रेसन तथा आवेदन फारामको तालिका सार्वजनिक गरिसकेको छ ।

    स्थगित परीक्षा १६ गते भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड–१९ सङ्क्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीका लागि बोर्डले मङ्सिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ ।

    परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षार्थी रहेका सम्बन्धित जिल्लाबाटै परीक्षा दिने व्यवस्था मिलाइने छ । गोरखापत्र दैनिकमा समाचार छ ।

     

    images
    बिहिवार, मंसिर ९ २०७८०९:४०:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार