शुक्रवार, मंसिर १० २०७८
काठमाडौ - देशको सामुदायिक बिद्यालयको शैक्षिक अवस्था गिर्दो छ। आफ्नो दायित्व पूरा नगरी अनेक बहनामा विद्यार्थीलाई ठग्ने, नपढाउने शिक्षकहरुको कमि छैन यहाँ। <> देशैभरी शिक्षक सक्रिय राजनीतिमा लागेको कुरा अनौठो त होइन। तर लामो समय बन्द रहेका बिद्यालय बल्ल बल्ल खुल्दैछन तर शिक्षकहरु आफ्नो दायित्वबाट पन्छिने कुरा माफी दिन लायक भने छैन।
यसै क्रममा चितवनमा जारी एमालेको दशाैँ महाधिवेशनका लागि शिक्षकहरू गएपछि कपिलवस्तुको विजयनगर गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द भएको खबर छ ।
विद्यालयका प्रधानाध्यापक केही दिनदेखि भ्रमणमा गएको र अधिकांश शिक्षक एमालेको महाधिवेशनमा गएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको विजयनगरका स्थानीयले बताए ।
एक स्थानिय अभिभावकका अनुसार विद्यालयमा परीक्षा सञ्चालन भइरहेको समयमा विद्यालय बन्द गरी राजनीतिक कार्यक्रममा जानु अत्यन्तै गलत भएको बताए ।
उनले लुम्बिनी प्रदेशको नमुना विद्यालयमा छनोट भएको दुधधारी माविसमेत बन्द भएको स्थानीय जानकीप्रसाद यादवले बताए ।
त्यहाँ कुनै जानकारीसमेत नगराई विद्यालय बिदा गरि शिक्षकहरू महाधिवेशनमा गएका थिए ।
त्यस्तै विजयनगर गाउँपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्वासे पनि नेकपा एमाको महाधिवेशनमा गएको बुझिएको छ ।
विजयनगरस्थित गुगौलीको दुधधारी मावि, भटनी प्रेमनगरको हरिबोध विद्यालय, गणेशपुरको राम लौटन द्रोपती मावि, डालपुरको शिव मावि, जगदीशपुरको भुवनेश्वरी माविलगायतका विद्यालय बन्द भएको बताइएको छ ।
त्यस्तै विजयनगर गाउँपालिका कार्यालयका अधिकांश कर्मचारी पार्टीको महाधिवेशनमा गएपछि कार्यालयको कामकाजसमेत प्रभावित भएको छ ।
कुनै राजनीतिक पार्टी पर्ती आस्था राख्ने र बिचार राख्न पाउने कुरा सहि हुन सक्छ। तर लखौ विद्यार्थी हरुको भविष्य अन्धकार तिर धकेल्ने, र पढाउने उत्तरदायित्वबाट पन्छिने काम भने कदापी राम्रो होइन।