Jul 27 2026 | २०८३, श्रावण ११ गते

भ्रष्टाचारगर्ने पूर्व प्रधानाध्यापक र लेखापालविरूद्ध मुद्दा दायर।

भ्रष्टाचारगर्ने पूर्व प्रधानाध्यापक र लेखापालविरूद्ध मुद्दा दायर।

  • 742
    SHARES

  • भ्रष्टाचारगर्ने पूर्व प्रधानाध्यापक र लेखापालविरूद्ध मुद्दा दायर।

    कपिलवस्तु - यशोधरा गाउँपालिका-५, बैदौलीस्थित 'अनिरूद्र पब्लिक माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठी र लेखापाल असर्फी यादवविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

    उनिहरु दुवै जनालाइ भ्रष्टाचार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतले भ्रष्टाचारको मुद्दा दायर गरेको हो। 

    उनीहरूले ७ लाख ८२ हजार ६५१ रुपैयाँ भ्रष्टाचार गरी सार्वजनिक सम्पत्तीमा हानिनोक्सानी पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। 

    त्रिपाठीले आर्थिक वर्ष २०७४/०७५ मा विज्ञान प्रयोगशालाको लागि विद्यालयमा प्राप्त रकमबाट कुनै काम नगरी फर्जी बिल बनाएर हिनामिना गरेको भन्ने उजुरी परेको थियो। 

    उजुरी अनुसार अनुसन्धान गर्दा उनी र लेखापाल यादवले मिलेर विद्यालयको कोषबाट रकम निकालेर निर्माणमा खर्च नगरी हिनामिना गरेको देखिएको प्रवक्ता रिजालले बताएका छन्। 

    हिनामिना गरेको देखिएको भन्दै अख्तियारले उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम एक वर्ष छ महिनादेखि दुई वर्ष छ महिना कैद र ७ लाख ८२ हजार ६५१ रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ। 

     

    images
    सोमवार, मंसिर १३ २०७८०२:३३:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार