Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन बिश्वबिद्धालयका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिने।

त्रिभुवन बिश्वबिद्धालयका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिने।

  • 581
    SHARES

  • त्रिभुवन बिश्वबिद्धालयका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिने।

    काठमाडौं : त्रिभुवन बिश्वबिद्धालयमा करार सेवामा काम गरिरहेका शिक्षकहरुको बिषयमा बिबाद भएको लामो समय भैसकेको छ। शिक्षकहरुले आन्तरिक प्रक्रिया मिलाएर स्थाइ गरिनुपर्ने माग गर्दै आइरहेका थिए । तर यस्को सर्बत्र बिरोध समेत भएको थियो।

    बिश्वबिद्धालयमा पढाउने शिक्षक, प्राध्यापकहरु लाई स्वत: स्थाइ गर्दा त्यसको नकारात्मक प्रभाव पर्ने र बिश्वबिद्धालयमा राजनीतिक प्रभावको कारण गुणस्तर खस्कने बिचार हरु सरोकार वालाहरुल्र बताउदै आइरहेका थिए।

    यसै सन्दर्भमा  त्रिभुवन विश्वविद्ययालयका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन। यस बिषयमा गत वर्ष नै त्रिवि पदाधिकारी र आन्दोलनरत करार शिक्षकबीच आन्तरिक प्रतिस्पर्धा गराउन सहमति भएको थियो ।

    बिश्वबिद्धालय सभाको साधारण बैठकमा मन्त्री पौडेलले भने, 'प्रतिस्पर्धामा सफल हुन नसक्नेका लागि राहतको व्यवस्था गरी अवकाश दिने प्रक्रिया मिलाउँछु ।' शैक्षिक वर्ष नबिथोलिने गरी विश्वविद्यालयले कार्य योजना बनाएर अगाडि बढ्न मन्त्री पौडेलले निर्देशन दिए ।

    उच्च शिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ विश्वविद्यालयले ठोस योजनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको जनाउँदै अध्यनन अनुसन्धान तथा नियमित पठनपाठनमार्फत प्रवद्र्धन गरी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए।

    उनले त्रिभुवन विश्वविद्यायले वर्षौंपिच्छे बढ्दै गएको बेरुजु कम गर्दै गत एक वर्षमा रु छ अर्बभन्दा बढी बेरुजु सम्परीक्षण गरेको उल्लेख गर्दै प्रशासनिक तथा सुशासनको मामलामा खरो उत्रेको बताए। #रासस

     

    images
    मंगलवार, मंसिर १४ २०७८०८:५७:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार