Jul 27 2026 | २०८३, श्रावण ११ गते

मूल्यवृद्धि विरुद्ध लगाएत सार्वजनिक बिषयमा ७ विद्यार्थी संगठनले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र।

मूल्यवृद्धि विरुद्ध लगाएत सार्वजनिक बिषयमा ७ विद्यार्थी संगठनले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र।

  • 565
    SHARES

  • मूल्यवृद्धि विरुद्ध लगाएत सार्वजनिक बिषयमा ७ विद्यार्थी संगठनले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र।

    काठमाडौं- प्रतिपक्षी दल सम्बद्ध सात विद्यार्थी संगठनहरूले विभिन्न मागहरु राखी प्रधानमन्त्रीले समक्ष ज्ञापनपत्र बुझाएका छन।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल (छैटौँ)लगायतका सात विद्यार्थी संगठनले ध्यानाकषर्णसहित ज्ञापनपत्र बुझाएका हुन्।

    विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य घटाउन, हालै त्रिभुवन बिश्वबिद्धालयले गरेको करार शिक्षकलाइ स्वत:  स्थाइ नगर्न, सार्वजनिक यातायातमा विद्यार्थी लाई अनिवार्य ४५% छुट दिने प्राबधान कडाइका साथ लागू गर्न लगाएत माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।

    त्यसैगरी विद्यार्थी संगठनहरुले ज्ञापनपत्र मार्फत चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने मणिपाललगायतका सबै मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने बताएका छन।

    विद्यार्थी संगठनको ज्ञापन पत्रमा त्रिविमा आन्तरिक प्रतिस्पर्धाका नाममा योग्यलाई रोक्न खोजिएको खोजिएकाले यस गलत कदमलाई सच्चाउनुपर्ने उल्लेख छ। 

    यस्तो छ सात विद्यार्थी संगठनका अध्यक्षले हस्ताक्षर गरेका ज्ञापनपत्र।

    Screenshot_20211207-160031_Facebook.jpg

    images
    मंगलवार, मंसिर २१ २०७८०४:०६:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार