Oct 06 2026 | २०८३, आश्विन २० गते

द ब्रिटिश कलेजको टिबिसी जब फेयर आजदेखी शुरु।

द ब्रिटिश कलेजको टिबिसी जब फेयर आजदेखी शुरु।

  • 473
    SHARES

  • द ब्रिटिश कलेजको टिबिसी जब फेयर आजदेखी शुरु।

    काठमाडौ - द ब्रिटिश कलेजको आयोजनामा दोस्रो टिबिसी जब फेयर (TBC JOB FAIR) आज देखि सुरु भएको छ । कलेजमा अध्यनरत तथा पास भएर गएका विद्यार्थीहरुलाई काम खोज्न मद्धत गर्ने उद्देश्यले दुई दिने जब फेयरको आयोजना गरिएको हो ।

    कलेजका सम्पूर्ण विद्यार्थीलाई रोजगारी दिलाउने लक्ष्य अनुरुप कलेजले जब फेयरको आयोजना गरेको बताइएको छ ।

    पहिलो पटक २०७७ चैत्रको अन्तिम साता आयोजना गरिएको जब फेयरले राम्रो  प्रतिकृया पाएका कारण पुनः जब फयर टु आयोजना गरिएको कलेजले जानकारी दिए ।

    जब फेयरमा ४१ कम्पनीहरु सहभागी रहेका छन् । सहभागी कम्पनीहरुमा ४०० भन्दा बढी पद खाली रहेको र यही अनुसार उक्त कम्पनीहरुले कलेजले सर्ट लिस्ट गरेका विद्यार्थीलाई अन्तर्वार्तामार्फत काम तथा डन्टर्नशिप प्रदान गर्ने कलेजले जानकारी दियो ।

    फेयरमा बियोन्डआइडी, दराज, एसएमटेक टेक्नोलाजी, सेफवे टेक्नोलोजी, क्लाउड फ्याक्ट्रि, लक्ष्मी ग्रुप ९ह्युन्डाइ०, घोराही सिमेन्ट, सम्राट सिमेन्ट, सिजी होल्डिङ्स, क्लासिक टेक, डिशहोम, पेप्सी, सामसुङ इन्डिया, भिषाल ग्रुप, दक्ष नेपाल, जेनेसी सलुसन्स, सस्तोडिल, टिच फर नेपाल, शंकर ग्रुप, नेपाल लाइफ इन्स्योरेन्स, गोल्यान ग्रुप, सिजि फुड्स, सुजल फुड्स, जावलाखेल ग्रुप अफ कम्पनी, वर्ल्डलिंक जस्ता ख्यातिप्राप्त कम्पनीहरु रहेका छन् ।

    कलेजका हेड अफ स्टुडेन्ट सर्भिसेस एण्ड इन्टर्नशिपका सुनिल श्रेष्ठले विद्यार्थीहरुले आफ्नो डिग्रि हासिल गर्ने बितिकै स्वरोगार बनुन् भनेर फ्रक्सजबसँग कलेजले पार्टनरशिप गरेको जानकारी दिए । ‘विद्यार्थीलाई काम सजिलै पाउन् भनेर हामीले फ्रक्सजबसँग पार्टनरशिप पनि गरेका छौं ।’उनले भने, ‘हाम्रो यो प्रोजेक्ट सफल बनाउन सहभागी सबै कम्पनीलाई धन्यवाद व्यक्त गर्न चाहान्छौं,’

    द ब्रिटिश कलेजमा बिबिए (होन्स), एमबीए, एमएससी इन्टरनेसल बिजनेश म्यानेजमेन्ट, बिजनेश एण्ड म्यानेजमेन्ट बिएससी ९होन्स० हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट, एमएससी इन्फरमेसन एण्ड टेक्नोलोजी, बिएससी (होन्स) कम्प्युटिङ तथा बिएससी (होन्स) का कार्यक्रम सञ्चालन हुँदै आएका छन् । कलेजले चालु शैक्षिक सत्रदेखि साइबर सेक्युरिटी तथा डिजिटल फोरेन्सिक विषयको पढाई सुरु गरेको छ ।

     

    images
    बुधवार, मंसिर २२ २०७८०७:३९:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार