Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालयले बजारको प्याकेटको खाजा खुवाउन नपाउने। (सूचना सहित)

विद्यालयले बजारको प्याकेटको खाजा खुवाउन नपाउने। (सूचना सहित)

  • 859
    SHARES

  • विद्यालयले बजारको प्याकेटको खाजा खुवाउन नपाउने। (सूचना सहित)

    काठमाडौ - शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी खुवाउन नहुने निर्देशन दिएको छ ।

    केन्द्रले एक सूचना जारी गरी केहि विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी खुवाउने गरेको भन्ने जानकारीमा आएकाले सरकारको नीति विपरित र बालबालिकाको स्वास्थ्य सम्वेदनशिलतामा असर पर्ने भएकाले साथै स्थानीय कृषकको आय स्तरमा सुधार गर्ने समेत दिवा खाजा खुवाउन निर्देशन दिएको हो ।

    स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरुको उपयोग गरी विद्यालयले साप्ताहिक रुपमा खाजा मेनु तयार गरेर मापदण्ड बमोजिम पकाएर ताजा सफा र सन्तुलित खाजा खुवाउने व्यवस्था गर्न समेत केन्द्रले निर्देशन दिएको छ ।

    यस्तो छ निर्देशनात्मक सूचना 

    Screenshot_20211209-123931_Facebook.jpg

    images
    बिहिवार, मंसिर २३ २०७८०२:२५:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार