बिहिवार, मंसिर २३ २०७८
काठमाडौ - सात विद्यार्थी संगठले त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल खारेजीको माग गरेका छन्। सात विद्यार्थी संगठनले बिहिबार एक विज्ञप्ति जारी गर्दै बिश्वबिद्धालयले गरेको निर्णय खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन। उनीहरूले उक्त निर्णय कार्यान्वयन हुन नदिने र त्यसका निम्ति संयुक्त विद्यार्थी शसक्त प्रतिरोधमा उत्रने चेतावनीसमेत जनाएका छन्। बिग्यप्तिमा विद्यार्थीले आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने स्पष्ट पारेका छन्।
हिजो भएको आन्दोलनको विषयलाई लिएर त्रिवि केन्द्रीय क्याम्पसमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप र गिरफ्तारीको खेद व्यक्त गर्दै विद्यार्थी आन्दोलनलाई एक्यवद्धता जनाउन शुक्रवार १ बजे किर्तिपुर क्याम्पसमा बृहत प्रदर्शनसहित सभाको आयोजना गर्ने विद्यार्थी संगठनहरुले जनाएका छन्।
त्यसैगरी बिग्यप्तिमा सिटीभिटीले चिकित्सा शिक्षा ऐन विपरित गर्न खोजेको भर्नाको बारेमा ध्यानाकर्षण गर्दै रोकिएको पिसिएल नर्सिङको भर्ना तत्काल खुलाउन माग गरेको छ।
त्यसैगरी चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कबाहेक थप शुल्क उठाउने मेडिकल कलेजलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। अन्यथा विद्यार्थी आन्दोलनले नै कारवाही गर्ने चेतावनी दिन चाहन्छौं,’ विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ।
बिग्यप्तिमा विद्यार्थीहरुले ‘पूर्वाञ्चल विश्वविद्यालयले विगत डेढ वर्षअघि लिएको परीक्षाको परीक्षाफल आजसम्म प्रकाशन नगरेकाले विद्यार्थीहरुको करियरलाई असर परेको र यस्ता विषयमा गैरजिम्मेवार नबन्न पदाधिकारीलाई खवरदारी गरेको छ। साथै विश्वविद्यालयको क्यालेन्डर बनाई कडाईका साथ कार्यान्वयन गर्न माग समेत गरेको छ।
त्यसैगरी दैनिक उपभोग्य बस्तुमा भएको महँगीलाई नियन्त्रण गर्न सरकारले कदम चाल्नुपर्ने भन्दै विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्धको आन्दोलनलाई सशक्त बनाउँदै थप कठोर कार्यक्रम सार्वजानिक गर्ने जनाएका छन्।
