Jul 28 2026 | २०८३, श्रावण १२ गते

अनलाईनबाट आवेदन दिन सकिने गरि तीन दिनभित्र स्थायी शिक्षक पदपुर्तिकको खुला विज्ञापन हुने।

अनलाईनबाट आवेदन दिन सकिने गरि तीन दिनभित्र स्थायी शिक्षक पदपुर्तिकको खुला विज्ञापन हुने।

  • 1.5K
    SHARES

  • अनलाईनबाट आवेदन दिन सकिने गरि तीन दिनभित्र स्थायी शिक्षक पदपुर्तिकको खुला विज्ञापन हुने।

    काठमाडौ - शिक्षक सेवा आयोगले आफ्नो वार्षिक कार्यतालिका अनुसार अबको तीन दिनभित्र स्थायी शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गर्ने भएको बताएको छ । कार्यतालिका अनुसार मंसिर महिना बिज्ञापन गरिसक्नुपर्ने भएको ले अवको तीन दिन भित्र १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन गर्न लागेको हो ।

    सूचना अधिकारी सुदर्शन मरहट्टाले आयोगको वार्षिक कार्यतालिकामा मंसिरमा शिक्षक पदपुर्तिकको खुला विज्ञापन गर्ने भनिएको र त्यसै अनुरुप खुला विज्ञापन गर्न लागिएको बताए । उनले, मंसिर सकिन धेरै दिन नरहेको बताउँदै अबको तीन दिनभित्र खुला विज्ञापन गर्ने तयारीमा रहेको बताएका छन् ।

    मरहठ्ठाले परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गर्न लागिएको समेत जनाएका छन् । म्यानुअलबाट फारम भराउँदा समय लाग्ने भएकोले अनलाइनबाटै फारम भर्ने व्यावस्था गर्न लागिएको उनले बताए ।

    उनले भने “पहिलो पटक आयोगले अनलाइनबाट आवेदन दिन सकिने व्यावस्था गर्न लागेको छ । साथै ठुलो संख्यामा शिक्षकहरुले आवेदन दिने हुँदा अनलनईनमा समस्या नआउनेगरी व्यावस्थित गर्न लागि परेका छौं । ”

    images
    आइतवार, मंसिर २६ २०७८०५:१९:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार