सोमवार, मंसिर २७ २०७८
काठमाडौ - शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले प्राविधिक धार सञ्चालन गरिरहेका विद्यालयले IEMIS अद्यावधिक गर्ने सम्बन्धी जरुरी सूचना जारी गरेको छ।
हाल देशभर माध्यामिक तहमा प्राबिधिक धार संचालन गरिरहेका (४८४ वटा) बिद्यालयले सो धार तर्फका विद्यार्थीहरुको विवरणलाई पनि साधारण धार तर्फका विद्यार्थीहरुसहित एकीकृत शैक्षिक ब्यबस्थापन सुचना प्रणाली (IEMIS) मा इन्ट्री गरि online मा अपलोड गर्ने गरेकोमा सेवा बाट प्राबिधिक धारमा मात्र अध्यायन गर्ने विद्यार्थी पहिचान गरि स्रोत ब्यबस्थापनमा कठिनाई भएको हुदा बिद्यालय स्वयंले online IEMIS मार्फत प्राबिधिक धारका विद्यार्थीहरुको विवरण अद्यावधिक गर्न सक्ने ब्यबस्था गरिएको जनाएको छ।
