मंगलवार, मंसिर २८ २०७८
काठमाडौ - शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको छ ।
माध्यामिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।
आयोगको अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माग ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ । त्यसैगरी आयोगले यसकोलागी चैत्र १५ मा परीक्षा सञ्चालन गरीने जनाएको छ ।
आयोगको परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गरेको जनाएको छ । म्यानुअलबाट फारम भराउँदा समय लाग्ने भएकोले अनलाइनबाटै फारम भर्ने व्यावस्था गरीएको सूचना अधिकारी सुदर्शन मरहट्टाले बताए । पहिलो पटक आयोगले अनलाइनबाट आवेदन दिन सकिने व्यावस्था गरेको हो । यसबारे विस्तृत जानकारी मंसिर २९ गतेको गोरखापत्रमा आउने उनले बताए ।