बुधवार, मंसिर २९ २०७८
धुलिखेल २९ मंसिर - काठमाडौं विश्वविद्यालयले १४ सय ४९ विद्यार्थी दीक्षित गरेको छ । बिश्वबिद्धालयको २७ औं दीक्षान्त समारोहमा विद्यार्थी दीक्षित भएका हुन।
दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई एक शुभकामना सन्देश समेत पठाएका थिए ।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहमा प्रथम चरणमा स्कुल अफ आर्टस्, एजुकेसन, इन्जिनियरिङ, ल, व्यवस्थापन, मेडिकल साइन्सेज र साइन्स विधाका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४ सय ४९ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।
त्यसैगरी आर्टसका २ सय ३४, एजुके
सनका १ सय ४, इन्जिनियरिङका २९, लका ४०, व्यवस्थापनका ४ सय १९, मेडिकल साइन्सका ५ सय ८१ र साइन्सका ४२ जना दीक्षित गरी कुल १४ सय ४९ जना दिक्षित भएका हुन् । दीक्षितमध्ये ७ सय ४७ जना महिला र ७ सय २ जना पुरुष रहेका छन् ।
२०४८ सालमा स्थापना भएको विश्विद्यालयबाट हालसम्म ३६ हजार ६ सय २४ जना दीक्षित भइसकेका छन् ।