शुक्रवार, पौष २ २०७८
धुलिखेल - काठमाडौं विश्वविद्यालय (केयु) ले प्राविधिक तथा व्यावसायिक विषयका शिक्षक उत्पादन गर्ने लक्ष्यका साथ शिक्षाशास्त्र संकायमा सिभिल इन्जिनियर र आइटी विषय पठनपाठन गराउने भएको छ । प्राबिधिक धार को बिषय पढाउने शिक्षकको अभाव भएको कारण केयुको स्कुल अफ एजुकेसनले बिटेक इन सिभिल र आइटीको नयाँ कोर्स पढाउने भएको हो ।
प्राविधिकधार सञ्चालन भएका विद्यालयमा दक्ष शिक्षकको अभावलाई मध्यनजर गर्दै स्कुल अफ एजुकेसनले प्राविधिक तथा व्यावसायिक सीपमूलक शिक्षा पढाउने शिक्षक उत्पादन गर्ने तयारी थालेको बिश्वबिद्धालयका डीन प्राध्यापक डा.बालाचन्द्र लुइँटेलले बताए।
केयुले चार वर्षे बिटेक इन सिभिल इन्जिनियर र आइटी आगामी नयाँ शैक्षिक सत्र २०२२ को फेब्रुअरी पहिलो सातादेखि सुरु गर्ने भएको छ।
यसको लागी विद्यालय तहमा प्राविधिक विषयमा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ। विद्यार्थीले बिटेक इन एड अध्ययन गर्न विज्ञान पढेको वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को तीन वर्षे सिभिल वा आइटीमा डिप्लोमा गरेको हुनुपर्ने प्रावधान तयार गरेको छ ।
‘विश्वविद्यालयको विद्या परिषद्ले तीन साताअघि कोर्स पास गरिसकेको छ। बिश्वबिद्धालयका डिन लुइँटेलले भने, ‘चार वर्षे कोर्समा पूर्ण रूपमा सीपमूलक व्यावहारिक शिक्षा दिइन्छ। विद्यार्थीले अध्ययनकै क्रमममा सिभिलतिर छन् भने निर्माण क्षेत्रमै गएर काम गर्नुपर्छ, यदि आइटीतर्फ बिटेक इन एड गर्ने हो भने कम्प्युटर कम्पनीहरूमा गएर सफ्टवेयरतर्फ अन द जब ट्रेनिङ गर्नुपर्छ।’
हाल देशभरि कक्षा १२ सञ्चालन भएका १२ हजार सामुदायिक विद्यालय छन्। ती सबै विद्यालयमा करिब २४ हजार प्रशिक्षित जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ यो कोर्स सुरु गरेको हो ।
पहिलो चरणको कक्षा सञ्चालन केयुले जनकपुर र सिन्धुलीमा सञ्चालन गर्ने तयारी थालेको छ । पहिलो ब्याचमा ३०–३० जनाको सिट विश्वविद्यालयले तोकिसकेको डीन लुइटेलले बताए । यसको लागि केयुले स्थानीय समुदाय र पालिकासँग सहकार्य गरी पालिकाले छानेको शैक्षिक संस्थामा कोर्स सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिश्वबिद्धालयले भनेको छ, ‘इन्जिनियरहरूले स्कुलमा गएर पढाउँदैन,’ उनले भने ‘विद्यालयमा ओभरसियर,डिप्लोमा र प्रिडिप्लोमा पढाउने शिक्षकहरू नै छैनन्। शिक्षकहरूलाई प्राविधिक सीप,ज्ञान दिन सम्बन्धित विषयमा जस्तै सिभिलले सिभिलमै र आइटीले आइटीमै ८० क्रेडिटको सम्बन्धित विधामा अध्ययन गर्नुपर्ने कोर्स तयार पारिएको छ।’ चार वर्षे कोर्सका लागि करिब ५ लाख रुपियाँ खर्च लाग्ने केयुले जानकारी दियो ।
चार वर्षे कोर्समा शिक्षकले सम्बन्धित विषयको ज्ञान, सप पाउन सक्ने, पढाउन सक्ने र समुदायमै बसेर आफ्नो विषयमा काम पनि गर्न सक्ने क्षमतावान् प्राविधिक शिक्षक उत्पादन गर्ने उदाहरणीय काम थालेको डीन लुइँटेलको दाबी छ।
इन्जिनियरिङ अध्ययन गरेका वा आइटी इन्जिनियर पढेकाहरू सबै आ–आफ्नो काममा रमाएका छन्। अधिकांश राम्रो कमाइको लोभमा बिदेसिएका छन्,’ डीलुइँटेलले भने, ‘सरकारले विद्यालय तहमा ९–१२ मा सिभिल, आइटी, एग्रिकल्चारलगायत प्राविधिक विषय सुरु गरेको छ भने अर्कातर्फ सीटीईभीटीले पनि एसईईपछि नै तीन वर्षे डिप्लोमा कोर्स पठनपाठन गराउँदै आएको छ।
विद्यालयमा यी विषय पढाउने शिक्षकहरू नै छैनन्। त्यही भएर काठमाडौं विश्वविद्यालले अध्ययनअनुसन्धान गरेरै शिक्षा संकायतर्फ सिभिल र आइटीमा शिक्षक उत्पादन गर्ने उद्देश्य लिएको हो।