Jul 27 2026 | २०८३, श्रावण ११ गते

पुस १० भित्र निमावि र पुस २१ भित्र प्राविको विज्ञापन आह्वान हुँदै।

पुस १० भित्र निमावि र पुस २१ भित्र प्राविको विज्ञापन आह्वान हुँदै।

  • 687
    SHARES

  • पुस १० भित्र निमावि र पुस २१ भित्र प्राविको विज्ञापन आह्वान हुँदै।

    काठमाडौ - शिक्षक सेवा आयोग द्वारा एक साता भित्र निमाविको बिज्ञापन आह्वान गर्ने भएको छ। आयोगले पुस १० भित्र निम्न माध्यमिक तह निमावि र पुस २१ गते भित्र प्राथमिक तहको शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने भएको हो ।

    आयोगले यस पटकबाट अनलाइनमाध्यमबाट आवेदन लिन थालेको हो । यसअघि आयोगले माध्यामिक तहको अनलाइन माध्यम द्वारा बिज्ञापन आह्वान गरिसकेको छ।

    आवेदकको सङ्ख्या एकै पटक ह्वात्तै बढेपछि सर्भर नै डाउन हुने डरले क्रमशः हरेक तहको विज्ञापन आह्वान गर्ने रणनीति आयोगले लिएको बताइएको छ ।

    आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले भने, “अनलाइन प्रणालीमा गएका छौँ । यसको प्रभाव र अवस्था कस्तो रहन्छ भन्नेका लागि एकै पटक सबै तहको विज्ञापन आह्वान नगरिएको हो । अनलाइन प्रणालीले अहिलेसम्म माध्यमिक तहको राम्रै काम गरेको छ, सर्भरमा कुनै समस्या आएको छैन ।”  

    आयोगका अनुसार माध्यमिक तहमा शुक्रबारसम्ममा ३०५ जनाले फाराम भरेका छन् भने ७४ जनाले रकम नै तिरेर प्रवेश पत्र प्राप्त गरिसकेका छन् ।

    माध्यमिक र निम्न माध्यमिक तहभन्दा बढी प्राथमिक तहका आवेदक बढी हुने गरेका छन् । त्यतिञ्जेल माध्यमिक तहमा आवेदन भर्न चाहनेहरुले करिब करिब आवेदन दिइसकेका हुनेछन् भन्ने आयोगका अनुमान छ । माध्यमिक तहमा पुस २९ गतेसम्ममा आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर आगामी माघ ६ गतेसम्म आवेदन भर्न सकिन्छ ।

    राज्यले हाल माध्यमिक र आधारभूत तह निर्धारण गरिसके पनि आयोग अझै पुरानै तीन तहमा विज्ञापन आह्वान गर्दैछ । आयोगका सूचना अधिकारी मरहठ्ठाले शिक्षा नियमावलीमा परिवर्तन नभइसकेकाले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा विज्ञापन आह्वान गर्नुपरेको बताए । “शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि तीन तहका लागि विवरण पठाएको हुँदा पनि सोहीअनुसार शिक्षक माग गरिएको हो” उनले भने ।

    आयोगका पदाधिकारीहरु यतिबेला फोन उठाउने र जवाफ दिने काममा निकै व्यस्त देखिन्छन् । सबैभन्दा बढी जिज्ञाशा उमेर हदको रहने गरेको छ । आयोगले स्थायी शिक्षकका हकमा मात्र उमेरको हदबन्दी ४० रहने स्पष्ट गरेको छ । 

    “स्थायी कार्यरतबाहेक २०३८ साल पुस २९ गतेभन्दा यता जन्मिएकाले आवेदन दिनसक्छन् । त्यसभन्दा अघि जन्मिएकाले आवेदन दिनसक्ने पाउँदैनन्” उनले भने । स्थायी कार्यरतका लागि उमेरको हदबन्दी छैन ।

     

    images
    शनिवार, पौष ३ २०७८१२:४५:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार