Jul 29 2026 | २०८३, श्रावण १३ गते

शिक्षकलाई कोभिड-१९ सङ्क्रमण पुष्टि : एक हप्ता विद्यालय बन्द गर्ने निर्णय।

शिक्षकलाई कोभिड-१९ सङ्क्रमण पुष्टि : एक हप्ता विद्यालय बन्द गर्ने निर्णय।

  • 2.2K
    SHARES

  • शिक्षकलाई कोभिड-१९ सङ्क्रमण पुष्टि : एक हप्ता विद्यालय बन्द गर्ने निर्णय।

    धनकुटा - पाख्रिबास नगरपालिका-५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयमा कार्यरत एक जना शिक्षकलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ।

    प्रधानाध्यापक निर्मल रिमालका अनुसार विद्यालयमा कार्यरत शिक्षकको कोभिड-१९ परीक्षण गर्दा नतिजा पोजेटिभ आएको कारण विद्यालय बन्द गरिएको हो। हाल ति शिक्षक घरैमा होम आइसोलेसनमा छन् ।

    रिमालले भने १० पुसपछि सङ्क्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहे पुनः बैठक बसेर निर्णय गर्ने जानकारी दिए।

    त्यसैगरी पाख्रिबास नगरपालिकाले कोभिड- १९ को परीक्षणको व्यवस्था मिलाएको जनाएको छ। नगरप्रमुख वृषबहादुर राईले कोभिडको आशङ्का लागेका सबै विद्यार्थी र शिक्षकको परीक्षणको तयारी भइरहेको जानकारी दिए।

    विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड सङ्क्रमणको आशङ्का गरिएकोमा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताए।<>

    images
    सोमवार, पौष ५ २०७८०२:१९:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार