Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यार्थिलाई राष्ट्र निर्माणमा सहभागि गराउनु राज्यको दायित्व होः प्रधानमन्त्री, बिश्वबिद्धालयका समस्या समाधान गर्न प्रतिबद्ध : पौडेल।

विद्यार्थिलाई राष्ट्र निर्माणमा सहभागि गराउनु राज्यको दायित्व होः प्रधानमन्त्री, बिश्वबिद्धालयका समस्या समाधान गर्न प्रतिबद्ध : पौडेल।

  • 618
    SHARES

  • विद्यार्थिलाई राष्ट्र निर्माणमा सहभागि गराउनु राज्यको दायित्व होः प्रधानमन्त्री, बिश्वबिद्धालयका समस्या समाधान गर्न प्रतिबद्ध : पौडेल।

    काठमाडौ - मुलुककै जेठो त्रिभुवन बिश्वबिद्धालयले आज आफ्नो ४७ औं दीक्षान्त समारोह सम्पन्न गरेको छ। बिश्वबिद्धालय कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा समारोह सम्पन्न गरेको हो।

    समारोहमा सहकुलपती तथा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेल, बिश्वबिद्धालय उपकुलपति र अन्य प्राध्यापक हरुको समेत उपस्थिति रहेको थियो।

    समारोहमा बिश्वबिद्धालयका कुलपति तथा प्रधानमन्त्री देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन्।

    दीक्षान्त समारोहमा बाल्दै प्रधानमन्त्री देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताए।

    उनले सरकारको पनि आर्थिक स्तScreenshot_20211220-161140_Facebook.jpgर बढी भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यता रहेको भन्दै राष्ट्रको उन्नती र समग्र समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्ने बताए।

    आजको प्रतिष्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शिक्षा तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक रहेको बताउदै प्रमले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रुपमा रुपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन विश्वविद्यालयले गर्नुपर्नेमा जोड दिए।

    त्यसैगरी दिक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन्।Screenshot_20211220-161156_Facebook.jpg

    उनले दीक्षित विद्यार्थीले आफूसँग भएको ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा योगदान पुर्‍यायाउनुपर्ने उल्लेख गरे। ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यावहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको मन्त्री पौडेलले औँल्याए। 

    मन्त्री पौडेलले त्रिविका विभिन्न समस्या पहिचान गरी समाधान गर्न, गम्भीर प्रयत्न गर्नुपर्ने आवश्यक्ता मैले महसुस गरेको बताए।

    पौडेलले त्रिविका शिक्षक र कर्मचारीका प्रतिनिधिहरूसँग भेटघाट तथा पदाधिकारीहरूसँग भएको छलफलका आधारमा त्रिभुवन विश्वविद्यालयको उन्नति विकास र सहयोगका लागि नेपाल सरकारको तर्फबाट सहकुलपतिको हैसियतले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।

    सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो भन्दै पौडेलले विश्वविद्यालयमा कुनै निश्चित समयमा हासिल गरिएको ज्ञान, सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यावहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको बताए।

    त्यसैगरी समारोह कार्यक्रममा मन्त्री पौैडेलले बिदेसिन बाध्य भएका विद्यार्थीहरूलाई स्वदेशमा नै उच्चस्तरीय शिक्षा प्रदान गर्ने नेतृत्वदायी भूमिका त्रिभूवन विश्वविद्यालयले निर्वाह गर्नुपर्नेमा जोड दिए।

    दिक्षान्त समारोहमामा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले २९ हजार ७२९ जना विद्यार्थीहरुलाई दीक्षित गरेका छ्न्।FB_IMG_1639993842863.jpgFB_IMG_1639993847525.jpg

     

    images
    सोमवार, पौष ५ २०७८०४:१६:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार