मंगलवार, पौष ६ २०७८
काठमाडौं– शिक्षक सेवा आयोगले निम्न माध्यामिक (निमावि) तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको छ । आयोगले निमावि तहको २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।
आयोगले जनाए अनुसार परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाट नै भर्ने व्यावस्था गरेको जनाएको छ ।
आयोगले जनाए अनुसार पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा फारम भर्न सकिने बताएको छ भने मघ १३ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नसकिने छ।
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=27&fn=L_secondary%20level%20Bigyapan%20Final%20copy.pdf
यसअघि आयोगले मावि तहको १ हजार ५ सय ४४ शिक्षक पदपूर्तिका लागि खुल्ला बिज्ञापन गरिसकेको छ भने प्राथमिक तहको लागि अर्को हप्ता बिज्ञापन खुल्ने जनाएको छ।