बिहिवार, पौष ८ २०७८
काठमाडौ - त्रिभुवन बिश्वबिद्धालयले शिक्षक, कर्मचारी राजनैतिक निर्वाचनमा उमेदवार बनेको पुष्टि भए कारबाही गर्ने त्रिबिको चेतावनी दिएको छ।
बिश्वबिद्धालयले एक सूचना जारी गर्दै राजनैतिक निर्वाचनमा उमेदवार बन्न नपाउने चेतावनी दिएको हो। बिश्वबिद्धालय शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को नियम नियम ३७ मा राजनैतिक निर्वाचनमा उमेदवार बन्न नमिल्ने शिर्षक अन्तर्गत रहि हो सुचना प्रकाशित गरेको बताइएको छ।
नियम २०५० को नियम नियम ३७ मा शिक्षक वा कर्मचारी कुनै पनी राजनीतिक दलको सदस्यता लिइ वा नलिइ राजनैतिक उमेदवार बन्न मिल्दैन भनी उल्लेख रहेको जनाएको छ।
त्यसैगरी कुनै शिक्षक वा कर्मचारीले राष्ट्रिय वा स्थानीय तहको कुनै राजनैतिक तहमा भाग लिन चाहेमा कार्यकारी परिषद ले अन्य निर्णय गरेमा बाहेक उमेदवार को मनोनयन दाकिला गर्नु भन्दा १५ दिन अगावै बिश्वबिद्धालय सेवा बाट राजिनामा दिई सक्नुपर्ने छ।
बिश्वबिद्धालय सुचनामा भनेको छ। उल्लेखित कानुन थाहा हुदा हुँदै बिश्वबिद्धालय का शिक्षक कर्मचारीले विभिन्न दलको महादिवेसन मा उम्मेद्बारी दिएको सुचना आएको कारण यो सुचना प्रकाशित गरेको जनाएको छ।
