Jul 28 2026 | २०८३, श्रावण १२ गते

निमावि तहको शिक्षक सेवाको  विज्ञापन खारेज गर्न माग।

निमावि तहको शिक्षक सेवाको  विज्ञापन खारेज गर्न माग।

  • 2.9K
    SHARES

  • निमावि तहको शिक्षक सेवाको  विज्ञापन खारेज गर्न माग।

    काठमाडौ - नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको निमावि तहको विज्ञापन खारेज गर्न माग गरेका छन् ।

    आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै नेता साहले त्यसलाई संशोधन या खारेज गर्न माग शाहले माग गरेका हुन् ।

    प्रदेश २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औसत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकाङ्कको हिसाबले समेत सबैभन्दा पछाडि छ,’ उनले आफ्नो फेसबुकमार्फत भनेका छन्, ‘प्रदेश २ मा रहेको धेरै जनसङ्ख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट/पद सङ्ख्या प्रदेश २ लाई उपलब्ध गराइएको यस बदनियतपूर्ण कार्यलाई कुनै पनि हिसाबले सामान्य/स्वाभाविक मान्न सकिँदैन ।’

    यसअघि निमावि तहमा दुई हजार ५९८ शिक्षकका लागि विज्ञापन खुल्ला गरेको छ ।

     

    यस्तो छ प्रभु शाहाको फेसबूक स्टाटस ।

    Screenshot_20211223-124149_Facebook.jpg

    images
    बिहिवार, पौष ८ २०७८१२:३९:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार