शुक्रवार, पौष ९ २०७८
ललितपुरको कुसुमती स्थित ल्याण्डमार्क एकेडेमी (Landmark Academy) ले विद्यार्थीलाई डर देखाउने नाममा नाङ्गो बनाइ फोटो खिच्ने गरेको पाइएको छ। स्कुलले मानसिक रुपमा विशेष अवस्थाका एक बालकलाई डरदेखाउने नाममा यस्तो अमानवीय हर्कत गरेको पाइएको हो।
शिक्षकले भनेको नमानेको भन्दै ती विद्यार्थीलाई सहायक पृन्सिपल दुर्गा सिंह थापाले विद्यार्थीलाइ नाङ्गो बनाइ आफ्नो फोनमा फोटो समेत खिचेर सजाए दिदै आएको बाहिर आएको र ती विद्यार्थीलाई त्यही फोटो देखाएर डर त्रास समेत देखाउने गरेको खुलासा भएको छ।
कुनैपनी बालबालिका लाई शारीरिक तथा मानसिक दवाब दिन नहुने कानुनी मान्यता भएपनी बिद्यालयमा अध्यापन गर्दासमेत विद्यार्थीलाई कुनै पनि बहनामा कुनै पनि सजाए गर्न पैदैन।अझै शारीरिक तथा मानसिक रुपमा अशक्त बालबालिकालाई बिशेश रुपमा अध्यापन गराउनु पर्छ।
स्कुलमा सम्पर्क गर्दा ती शिक्षकले विद्यार्थी मा पोजेटिभिटी निर्माण गर्न अर्थात सकारात्मक डर देखाउन यस्तो गरेको बताए।
बिद्यालयका प्रीन्सिपल दुर्गाराज भट्टराईले समेत त्यसकुरालाइ सामान्यकरण गरेका छन। प्रीन्सिपल भट्टराईले भने त्यो विद्यार्थीले हामिलाइ अत्यन्तै दुख दिएको र त्यो विद्यार्थीमा अलिकती पोजेटिभिटी आउँछ कि भनेर यस्तो गरेको बताए। उनले भने अब हल्ला गरे भने फोटो खिचेर राखिदिन्छु नि भनेसी अनुशासित भएर बस्ने गरेको बताए।

