Jul 27 2026 | २०८३, श्रावण ११ गते

रामेछापको दुर्गम विद्यालयमा कम्प्युटर शिक्षा ।

रामेछापको दुर्गम विद्यालयमा कम्प्युटर शिक्षा ।

  • 848
    SHARES

  • रामेछापको दुर्गम विद्यालयमा कम्प्युटर शिक्षा ।

    पुस १० रामेछाप - उमाकुण्ड गाउँपालिका–७ को दुर्गम गाउँ भुजीमा अवस्थित कास्थेम माध्यमिक विद्यालयले कक्षा १० सम्म कम्प्युटर शिक्षा दिने भएको छ। १० कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा गत वर्षबाट कक्षा ६ देखि  कम्प्युटर शिक्षा सुरु गरिएको हो।

    विद्यालयका प्रधानाध्यापक हेमन्तकुमार सुनुवारले बताउनुभए अनुसार अहिले कक्षा ६ देखि ८ सम्म कम्प्युटर पढाइ हुने गरेको छ र यसलाई कक्षा १० सम्म लैजाने योजना छ । ३०७ जना विद्यार्थी रहेको विद्यालयमा १३ वटा कम्प्युटर राखेर विद्यार्थीलाई अभ्याससमेत गराउन सुरु गरिएको छ ।

    पर्याप्त कम्प्युटर नहुँदा अभ्यासमा समस्या भएकाले सहयोगी दाता खोजी रहेको उहाँले बताउनुभयो । प्राविधिक शिक्षा विद्यार्थी र अभिभावकबाट माग भएकाले गाउँमा नै प्राविधिक शिक्षा दिनसके विद्यार्थीले गाउँ छाड्ने प्रवृत्तिको अन्त्य हुने वडाध्यक्ष रुद्रमणि नेवारले बताउनुभयो ।

     

    images
    शनिवार, पौष १० २०७८०८:४६:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार