Jul 27 2026 | २०८३, श्रावण ११ गते

TU समस्याको चाङ । तालाबन्दी माथी तालाबन्दी।

TU समस्याको चाङ । तालाबन्दी माथी तालाबन्दी।

  • 704
    SHARES

  • TU समस्याको चाङ । तालाबन्दी माथी तालाबन्दी।

    काठमाडौ - अनेक बहानाको निउमा अनेक समस्यामा झेलिएको त्रिभुवन बिश्वबिद्धालय झनै लथालिङ्ग अवस्थामा पुगेको छ। राजनीतिक खिचातानी र अस्तिरताको कारण बिश्वबिद्धालय अवस्था कमजोर भएको हो।

    मुलुककै जेठो बिश्वबिद्धालय जसको पहिचान संसार भरी छ, जसले दक्ष जनशक्ति निर्माण गर्नमा ठूलो योगदान दिएको छ, आज यो अवस्थामा पुग्नु मा समग्र राजनितीक अवस्था र बिश्वबिद्धालय मा काम गर्ने शिक्षक कर्मचारी जिम्मेवारी हुनपर्छ। बिज्ञहरुको समाजमा एक पटक सोच्ने बेला आएको छ।

    किन लाग्यो त्रिविमा तालामाथि ताला?

    गत मङ्सिर १४ गते बसेको त्रिविसभाले शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० संशोधन गरी त्रिविमा स्थायी, अस्थायी वा करार सेवामा अटुट १० वर्ष सेवा गरेका कार्यरत शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्‍यो।

    यो निर्णय को चौतर्फी बिरोध पनि भैरहेको छ। राजनीतिक नियुक्ति गरेर शिक्षक भर्ती गरेको र शक्तिको आडमा अदक्ष मानिस हरु भर्ती भएको भन्दै बिरोध हुदाहुँदै पनि त्रिबि सभाले निर्णय गर्‍यो र शुरुभयो आन्दोलन र तालाबन्दी ।

    त्रिविमा करार सेवाका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने विश्वविद्यालय सभाको निर्णयविरुद्ध चौतर्फी बिरोध चलिरहेको बेला बिश्वबिद्धालयका विद्यार्थी र संगठनहरु भने आन्दोलनमा उत्रिए र तालाबन्दी गरे।

    पुस १० गते विभिन्न शैक्षिक माग राख्दै विद्यार्थी सङ्गठनले गरेको आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक कामहरू प्रभावित भएका छन् ।

    त्रिबि सभाको निर्णयको बिषयमा अहिले विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा सङ्गठनैपिच्छे फरक–फरक ताला लागेका छन् ।

    सभाले गरेको निर्णय फिर्ता लिन माग गर्दै नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मङ्सिर १५ गतेदेखि विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा लगाएको ताला जारी छ ।

    त्यसैगरी त्रिविसभाको निर्णय फिर्ता लिनुपर्ने माग राखेर संयुक्त आन्दोलन गर्दै आएका अन्य छवटा विद्यार्थी सङ्गठनले पनि पुस ६ गते तीनै जना पदाधिकारी कार्यालयको मूल गेटमै अर्को ताला लगाएका छन् । यो तालाबन्दीमा नेपाल विद्यार्थी सङ्घको समेत सहभागिता रहेको छ ।

    त्रिवि सेवा आयोगले गत साउन १८ गते सञ्चालन गर्नुपर्ने उपप्राध्यापकका लिखित परीक्षा स्थगित गरेको तर अहिले करारमा रहेका शिक्षकलाई स्थायी गर्ने निर्णय गरेर आफूहरूलाई प्रतिस्पर्धाबाटै वञ्चित गर्न खोेजेको भन्दै परीक्षार्थी रमेश विष्ट र मनिता खत्रीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका समेत गरेका छन्।

    सो व्यवस्थाले त्रिविमा प्रतिस्पर्धी जनशक्ति नआउने र आफूहरूको प्रतिस्पर्धा गर्न पाउने हक हनन गरेको रिटमा उल्लेख गरिएको छ ।

    अदालतमा मुद्दा दायर भइसकेपछि पनि तालाबन्दीलाई जारी राख्नु गलत भएका शिक्षाध्यक्ष भुषालले बताउनुभयो । आन्दोलनकारीमध्येका एक अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले विश्वविद्यालयको शैक्षिक स्तर कायम गर्न आफूहरू आन्दोलनमा उत्रेको बताउनुुभयो ।

    तालाबन्दीका कारण केके समस्या भए ?

    तालाबन्दीका कारण शैक्षिक प्रमाणपत्रको समकक्षता, अनुगमन, शिक्षक तथा कर्मचारी छनोट, सरुवा, बढुवालगायतका काम रोकिएको छ। “लामो समयपछि विश्वविद्यालयले एउटा रफ्तारमा काम गरिरहेको थियो । तर तालाबन्दीले ठूलो समस्या परेको बताइएको छ ।

    तालाबन्दीका कारण कार्यकक्षमा बस्न नपाए पनि पदाधिकारीहरू बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय, विभिन्न सङ्कायका डिन कार्यालय तथा अनुसन्धान केन्द्रमा बस्ने गरेका छन् । र केही महत्त्वपूर्ण निर्णय गर्नुपरेको खण्डमा त्यही बाट गरिरहेका छन।

    शिक्षाध्यक्ष शिवलाल भुषालले भने तालाबन्दीका कारण थुपै्र नीतिगत निर्णय रोकिएको बताउनुभयो । उहाँले अहिले तालाबन्दीका कारण गर्न नपाएका कामको चाप बढेपछि समग्र विश्वविद्यालयको नतिजामै नकारात्मक असर पर्ने बताउनुभयो ।

    यद्यपि विद्यार्थीहरुले भने तालाबन्दीका कारण सेवाग्राहीहरू मर्कामा परेको गुनासो आएपछि उनीहरूले बिहान १० बजे ताला खोलिदिने र साँझ ४ बजे फेरि लगाउने गरेका छन् ।

    विदेशबाट एमबीबीएसको अध्ययन सकेर फर्किएका विद्यार्थीको समकक्षतासम्बन्धी प्रक्रिया अवरुद्ध भएको गुनासो आएपछि बिहीबार र शुक्रबार मात्रै ताला खोलिएको हो ।

     

    images
    शनिवार, पौष १० २०७८१२:२८:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार