Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालयमा रामायण पढाइने।

विद्यालयमा रामायण पढाइने।

  • 520
    SHARES

  • विद्यालयमा रामायण पढाइने।

    काठमाडौं -  गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ। नगरपालिकाका अनुसार बालबालिकाका लागि पढ्न सकिने गरी पाठ्यक्रम निर्माण गरि रामायण पढाइने भएको हो।

    तत्कालका लागि भने मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेका ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको बताइएकोल छ।

    वि.सं. २०२२ मै प्रकाशन भएको ‘छोटकरी रामायण’ पहिलो संस्करण सकिएपछि थापाका नाति विजयकुमार थापाले दोस्रो संस्करण प्रकाशन गरेर गोकर्णेश्वरका सामुदायिक एवं संस्थागत विद्यालयमा निःशुल्क वितरण अभियान सुरु गरेका हुन्।

    यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा शनिबार आयोजना गरिएको पुस्तक हस्तान्तरण कार्यक्रममा प्रकाशक थापाले नगरपालिकाको वडा नम्बर ४ का विद्यालयका लागि आवश्यक पुस्तक वडाध्यक्ष श्रीकुमार श्रेष्ठलाई दिएका छन्।

    हजुरबाले लेखेका पुस्तक आफूले नौ वर्षको उमेरमा पढेको उल्लेख गर्दै प्रकाशक थापाले पुस्तकले आफूलाई अहिलेसम्म पारेको प्रभावका आधारमा माध्यमिक तहका विद्यार्थीले अध्ययन गर्ने अवसर पाऊन् भनी प्रकाशन गरेर निःशुल्क वितरण गरिएको सुनाए।

    रामायणको लामो कथाबाट बालबालिकाका लागि उपयुक्त मुख्य–मुख्य विषय समेटेर ९२ पृष्ठमा तयार पारिएको पुस्तक उपयोगी रहेको भानु प्रतिष्ठानका अध्यक्ष प्राडा व्रतराज आचार्य बताउँछन्।

    बालबालिकालाई नैतिक पक्ष सिकाउन पुस्तक उपयोगी रहेको भन्दै रामायण पढाउन थालेको उनले बताए।

    नगरपालिकामा सामुदायिक १७ र संस्थागत ९८ गरी ११५ वटा विद्यालय छन्।

     

    images
    आइतवार, पौष ११ २०७८०१:२३:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार