सोमवार, पौष १२ २०७८
काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय कानुन संकाय अन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा नयाँ शैक्षिकसत्र २०७८/७९ को लागि बि.ए.एलएल.बि. (BA.LL.B.)भर्नाको लागि आवेदन फारम खुलेको छ। बिश्वबिद्धालय डिनको कार्यलयले एक सुचना जारी गर्दै उक्त जानकारी दिएको हो।
सुचना अनुसार आवेदन फारम २०७८ पौष १२ देखि माघ ११ गते दिउँसो २ बजेसम्म फारम भर्न सकिने जनाएको छ। आवेदन फारम नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग र पृथ्वीनारायण क्याम्पस पोखरामाप्राप्त गर्न सकिने छ ।
प्रवेश परिक्षा २०७८ माघ २९ गते बिहाना ११ देखि २ बजे सम्म हुने जनाएको छ।


