Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रावि तहमा १३०९३ विज्ञापन खुल्यो। आन्तरिक बढुवा बिज्ञापन छिट्टै हुँदै।

प्रावि तहमा १३०९३ विज्ञापन खुल्यो। आन्तरिक बढुवा बिज्ञापन छिट्टै हुँदै।

  • 9.3K
    SHARES

  • प्रावि तहमा १३०९३ विज्ञापन खुल्यो। आन्तरिक बढुवा बिज्ञापन छिट्टै हुँदै।

    काठमाडौं– शिक्षक सेवा आयोगले प्राथमिक (प्रा.वि.) तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन खोलेको छ।

    सुत्रका अनुसार आयोगले प्रा.वि. तहको १३०९२ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गर्न लागेकोहो ।

    आयोगले जनाए अनुसार परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाट नै भर्ने व्यावस्था गरेको जनाएको छ ।

    आयोगले जनाए अनुसार पुस १३ गतेदेखि माघ २० गतेसम्म नियमित शुल्कमा फारम भर्न सकिने बताएको छ।

    सो विज्ञापनको सामान्य तर्फको परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगले जानकारी दिएको छ। बिस्तृत जानकारी भोलि को गोरखापत्रमा चापिने जनाइएको छ।

    यसअघि आयोगले मावि र निमावि तहको शिक्षक पदपूर्तिका लागि खुल्ला बिज्ञापन गरिसकेको छ।

    त्यसैगरी आयोग आन्तरिक तर्फको बढुवाको विज्ञापन पनि यसै महिनाको अन्तिम सम्ममा गर्ने तयारीमा जुटेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । ‘हामी आन्तरिक तयारीमा बसेका छौं ।’ उनले भने, ‘राजपत्रमा संशोधित नियमावली आउने बितिकै विज्ञापन हुन्छ ।’

    पाँच बर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाको प्रक्रिया नियमावलीको ११ औं संशोधनसंग शुरु तयारीमा आयोग बसेको छ । आयोगले सबै तहको प्रथम र दवतीय श्रेणीमा गरी तीन हजार ३९८ शिक्षकको विज्ञापन गर्ने तयारीमा आयोग जुटेको छ ।

    त्यसैगरी आयोगले आगामीमा चैत्रमा सबै तहको लाइसेन्सको विज्ञापन गर्ने गृहकार्य गरिरहेको छ ।

     

    images
    मंगलवार, पौष १३ २०७८०३:१६:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार