बिहिवार, पौष १५ २०७८
काभ्रे - बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागी विद्यालय बन्द गरेको छ।
नगरपालिकाले बुधबार एक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिन सक्ने हुँदा यही आजदेखी पुस २१ गते सम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको छ ।
कतिपय विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको भए पनि उक्त परीक्षा विद्यालय खुलेपछि निरन्तरता दिई सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत सबै विद्यालयलाई नगरपालिकाको १४ गतेको निर्णयअनुसार अनुरोध गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताए।