Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यार्थी र त्रिबि बिच सहमति। त्रिबि सभाको निर्णय तत्काल कार्यनयन नगर्ने। (सहमतिपत्र सहित)

विद्यार्थी र त्रिबि बिच सहमति। त्रिबि सभाको निर्णय तत्काल कार्यनयन नगर्ने। (सहमतिपत्र सहित)

  • 712
    SHARES

  • विद्यार्थी र त्रिबि बिच सहमति। त्रिबि सभाको निर्णय तत्काल कार्यनयन नगर्ने। (सहमतिपत्र सहित)

    पुस १९, काठमाडौ - त्रिभुवन विश्वविद्यालयमा विभिन्न मागहरू राखी मिति २०७८/८/१६ गतेदेखि आन्दोलनरत विभिन्न विद्यार्थी संगठनहरू र बिश्वबिद्धालय वार्ता समितिवीच विद्यार्थीहरूका माग सम्बन्धमा छलफल गरी सहमति भएको छ।

    त्रिबि सभाद्वारा मिति २०७८ मंसिर १४ गते विशेष आन्तरिक खुल्ला प्रतियोगिताबाट पद पूर्तिगर्न गरिएको निर्णयको सम्पूर्ण प्रकृया हाललाई कार्यान्वयन नगर्ने लगाएत ४ बुदे सहमति भएपछि विद्यार्थी र बिश्वबिद्धालय बिच सहमति भएको हो।

    यो संगै आन्दोलनरत विद्यार्थी संगठनहरूद्वारा त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यालयहरूमा लगाइएको सम्पूर्ण तालाहरू खोली आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिने निर्णय समेत भएको छ। यसअघि बिश्वबिद्धालयका सम्पुर्ण पदाधिकारी हरुको कार्यकक्षमा तालाबन्दी गरिएको थियो।

    त्यसैगरी बिश्वबिद्धालयमा रहेका रिक्त दरवन्दीहरू समावेसी सिद्धान्तको आधारमा ६/६ महिनामा खुल्ला विज्ञापन गरी पदपूर्ति गर्ने साथै त्रि.वि. सेवा आयोगद्वारा मिति २०७८ श्रावण १८ गते स्थगित गरिएको उप प्राध्यापकपद (खुल्ला प्रतियोगिता) को विज्ञापनको कार्यतालिका तत्काल प्रकाशित गरी कार्यान्वयन प्रकृया अगाडि वढाउन त्रि.वि. सेवा आयोगसंग त्रि.वि. पदाधिकारीले अनुरोध गर्ने समेत जनाइएको छ।

    यस्तो छन सहमतिका बुदाहरु।

    १. त्रि.वि. सभाद्वारा मिति २०७८ मंसिर १४ गते विशेष आन्तरिक खुल्ला प्रतियोगिताबाट पद पूर्तिगर्न गरिएको निर्णयको सम्पूर्ण प्रकृया हाललाई कार्यान्वयन नगर्ने

    २. त्रि.विमा रहेका रिक्त दरवन्दीहरू समावेसी सिद्धान्तको आधारमा ६/६ महिनामा खुल्ला विज्ञापन गरी पदपूर्ति गर्ने साथै त्रि.वि. सेवा आयोगद्वारा मिति २०७८ श्रावण १८ गते स्थगित गरिएको उप प्राध्यापकपद (खुल्ला प्रतियोगिता) को विज्ञापनको कार्यतालिका तत्काल प्रकाशित गरी कार्यान्वयन प्रकृया अगाडि वढाउन त्रि.वि. सेवा आयोगसंग त्रि.वि. पदाधिकारीले अनुरोध गर्ने ।

    ३. त्रि.वि.को अभिलेखमा दर्ता कायम भएका सबै विद्यार्थी संगठनहरूको केन्द्रिय नेतृत्वसंग आवश्यक छलफल गरी यथा समयमा स्ववियू निर्वाचन प्रकृया अगाडि वढाउने ।

    ४. आन्दोलनरत विद्यार्थी संगठनहरूद्वारा त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यालयहरूमा लगाइएको सम्पूर्ण तालाहरू खोली आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिने।

    सहमतिपत्र

    FB_IMG_1641205604338.jpg

    images
    सोमवार, पौष १९ २०७८०४:३१:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार