बिहिवार, पौष २२ २०७८
काठमाडौ - राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्वि तथा आंशिक परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरेको छ।
राष्ट्रिय परिक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यलयले २०७८ साल असोज १ देखि ऐ. १८ सम्म संचालन भएको कक्षा ११ को परिक्षाफल प्रकाशित गरेको हो।
परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए। जसमा दुई हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
परिक्षादल हेर्न राष्ट्रिय परिक्षा बोर्डको वेबसाईट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाईट www.neb.ntc.net.np मा गएर हेर्न सकिने जनाएको छ। त्यसैगरी neb Symbol No. टाइप गरि नेपाल टेलिकमको १६००मा एसएमएस गर्नसकिने बताइएको छ।
