शुक्रवार, पौष २३ २०७८
दाङ- कोभिड संक्रमण बढेपछि तुलसीपुर उपमहानगरपालिकाका विद्यालय माघ ३ सम्मका लागि बन्द गरिएका छन।
नगर कार्यपालिका (शिक्षा युवा तथा खेलकुद महासखा) को कार्यालय तुलसीपुरले एक सुचना जारी गर्दै भौतिक उपस्थिति मा पठनपाठन बन्द गर्न निर्देशन दिएको हो।
सुचनामा भनिएको छ, '' कोभिड - १९ संक्रमण तीब्र गतिमा बढिरहेको अवस्थामा चेन ब्रेक गर्न तथा चिसो मौसम तथा माघी पर्वलाई समेत मध्यनजर गर्दै मिति २०७८ पुस २५ गते देखि माघ ३ गते सम्म तुलसीपुर उपमहानगर अन्तर्गत संचालित सम्पुर्ण सामुदायिक तथा संस्थागत एबं अन्य शिक्षण संस्थाहरु समेत भौतिक उपस्थिति मा पठनपाठन तथा आन्तरिक परिक्षा हरु समेत संक्रमणको अवस्था हेरि माघ ४ गते देखि संचालन गर्न अनुरोध गरिन्छ।"
त्यस्तै पालिकाले यो विषम परिस्थितिमा बालबालिकाहरुलाइ घरबाट बाहिर ननिस्किन समेत अनुरोध गरेको छ।
