Oct 05 2026 | २०८३, आश्विन १९ गते

ओमिक्रोन भेरियण्टको जोखिम रोक्न १५ दिन शैक्षिक संस्था बन्द गर्न नेबिसंघ अध्यक्षको माग।

ओमिक्रोन भेरियण्टको जोखिम रोक्न १५ दिन शैक्षिक संस्था बन्द गर्न नेबिसंघ अध्यक्षको माग।

  • 3.0K
    SHARES

  • ओमिक्रोन भेरियण्टको जोखिम रोक्न १५ दिन शैक्षिक संस्था बन्द गर्न नेबिसंघ अध्यक्षको माग।

    काठमाडौ - नेबिसंघका अध्यक्ष तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य नेता नैनसिंह महरले कोभिड -19 को नयाँ भेरियन्ट 'ओमिक्रोन' को जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् ।

    महर थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तरक्रियामा बोल्दै मुलुकमा पुनः कोभिड - 19 को जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउन शिक्षण संस्था बन्द गर्नुपर्ने बताएका हुन्।

    नेता महरले भने, “हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ । छिमेकीमूलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ । यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ ।”

    नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहेका उनले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको बताए ।

    कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै सबैभन्दा उत्तम विकल्प भएकाले सरकारले सबैको पहुँचमा हुनेगरी सहजरूपले खोप उपलब्ध गराउन ध्यान दिनुपर्ने तेता महरको भनाइ थियो ।

    त्यसैगरी कार्यक्रममा सहभागी शिक्षाविद् एवं शिक्षा क्षेत्रका सरोकारवालाले पनि कोरोनाको अर्को लहरबाट बालबालिकालाई जोगाउन केही दिन विद्यालय बन्द गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएका थिए  । 

     

    images
    आइतवार, पौष २५ २०७८१२:४५:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार