Oct 05 2026 | २०८३, आश्विन १९ गते

कोभिड-१९ संक्रमण रोकथामका गर्न माघ १५ सम्म शैक्षिक संस्था बन्द।

कोभिड-१९ संक्रमण रोकथामका गर्न माघ १५ सम्म शैक्षिक संस्था बन्द।

  • 2.4K
    SHARES

  • कोभिड-१९ संक्रमण रोकथामका गर्न माघ १५ सम्म शैक्षिक संस्था बन्द।

    काठमाडौ - कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकार समक्ष सिफारिस गरेको छ ।

    सीसीएमसी प्रवक्ता सुनिता नेपालले नेपालले भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको जानकारी दिइन् ।

    अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उनले जनाइन् ।

    त्यसैगरी माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

    भीडभाड हुने सार्वजनिक स्थलमा एन्टीजेन बुथ राख्ने निर्णय पनि सीसीएमसी बैठकले गरेको छ । साथै, बैठकले राजनीतिक कार्यक्रम र मेला महोत्सव नगर्न समेत आग्रह गरेको छ । गर्नेपरे स्थानिय प्रशासनको अनुमति पनि आवश्यक पर्ने भएको छ ।

    सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

    त्यसैगरी परीक्षाको तालिका सार्वजनिक भैसकेका शिक्षण संस्थाको हकमा सामाजिक दूरी कायम गर्दै परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ यात्रुको चाप नहुने गरी उडान तालिका बनाउन पर्यटन मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि भएको छ ।

    २०७८ सालमा आएको स्मार्ट लकडाउन कार्यविधिलाई कार्यान्वयनमा लैजान डीसीसीएमसीलाई आग्रह गर्ने निर्णय पनि भएको छ । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा आज सीसीएमसी बैठक बसेको थियो ।

     

    यस्तो छ सिसिएमसीको बैठकले गरेको सिफारिसहरु।

    FB_IMG_1641736580706.jpgFB_IMG_1641736582711.jpgFB_IMG_1641736585936.jpg

    images
    आइतवार, पौष २५ २०७८०६:५०:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार