Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविले खोल्यो  इन्जिनियरिङमा नयाँ भर्नाका लागि आवेदन।

त्रिविले खोल्यो  इन्जिनियरिङमा नयाँ भर्नाका लागि आवेदन।

  • 867
    SHARES

  • त्रिविले खोल्यो  इन्जिनियरिङमा नयाँ भर्नाका लागि आवेदन।

    काठमाडौं, १० माघ - त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०७८ /०७९ को स्नातक तह बि. इ. र बी. आर्क कार्यक्रममा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको छ ।

    विद्यार्थी भर्नाका लागि सुचना प्रबिधिको आधारमा कम्प्युटर बिधि मार्फत सञ्चालन गरीने प्रवेश परीक्षा फागुन ८ देखि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्र पुल्चोकमा स्वास्थ्य मापदण्ड पालना गरी तोकिएको समयमा सिफ्ट अनुसार सञ्चालन गरीने जनाएको छ ।

    अध्ययनका लागि इच्छुक विद्यार्थीहरुले माघ १३ गतेदेखि २७ गतेसम्ममा अनलाइन बाट आवेदन दिन सकिने जनाएको छ ।

    यस्तो छ सूचना ।

    Screenshot_20220124-080430_Facebook.jpg

    images
    सोमवार, माघ १० २०७८०८:१६:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार