Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटीले गर्‍यो सम्पूर्ण परीक्षा स्थगित।(सूचना सहित)

सिटिइभिटीले गर्‍यो सम्पूर्ण परीक्षा स्थगित।(सूचना सहित)

  • 942
    SHARES

  • सिटिइभिटीले गर्‍यो सम्पूर्ण परीक्षा स्थगित।(सूचना सहित)

    काठमाडौं/११ माघ-सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण परीक्षा स्थगित गरेको छ । कोभिड १९ को तिब्र संक्रमणका बढेपछि परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारीमा संक्रमण हुन सक्ने भन्दै सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।

    सिटिइभिटीको आज बसेको बैठकले परीक्षा सञ्चालनको पूर्व तयारी अवस्थामा रहेका सम्पूर्ण परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

    त्यसैगरी १५ गते र २२ गते गर्न लागिएको आन्तरीक, मौका लगायतका अरु सबै परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

    उनले भने “आजको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेका छौं ।” यस सम्बन्धि सूचना आज बेलुका सम्म वा भोलि सम्ममा जारी गरीने बताए ।

    FB_IMG_1643161237661.jpg

    images
    मंगलवार, माघ ११ २०७८०१:३७:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार