आइतवार, माघ १६ २०७८
माघ १६, जनकपुरधाम– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले परीक्षाहरू स्थगित गरेको भन्दै विद्यार्थीहरू आजपनी प्रदर्शनमा उत्रिएका छन् । आज आइतबार पनि विद्यार्थीहरूले जनकपुरधाम मुख्य सडक रामानन्द चोकमा उनीहरूले चक्काजाम सहित प्रदर्शन गरेकाहुन्।
प्रदर्शनका क्रममा गर्न प्रहरीसँग केहीबेर मुटभेड समेत पनि भएको बताइएको छ।परीक्षा हुनुपर्ने माग गर्दै उनीहरूले केही दिनदेखि प्रदर्शन गर्दै आएका छन् । सीटीईभीटीले समयमा परीक्षाहरू नलिएर आफूहरूको भविष्यसँग खेलबाड गरेको विद्यार्थीहरूको गुनासो छ । उनीहरूले तीन वर्षको कोर्षलाई पाँच वर्ष लगाउन नपाइने भन्दै नाराबाजीसमेत गरेका छन् ।
विद्यार्थीले समयमै परीक्षाका लागि विकल्पहरूसहित आफ्ना माग समेत राखेका छन् । भौतिक उपस्थितिमा वा होम सेन्टर वा आन्तरिक मूल्याङ्कनद्वारा नतिजा प्रकाशन हुनुपर्ने भन्दै उनीहरूले विकल्प अघि सारेका छन् । उनिहरूले माग तत्काल पूरा नभएसम्म आन्दोलन जारी राख्नेसमेत चेतावनी समेत दिएका छन् ।
यसअघि सीटीईभीटीले कोरोनाको नयाँ भेरियन्टलाई मध्यनजर गरी माघ १२ गते सूचना निकालेर डिप्लोमा इन बालोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङ, प्रि–डिप्लोमा, डिप्लोमा/प्रमाणपत्रका वार्षिक/समेष्टरसहितका परीक्षाहरू स्थगन गरेको थियो ।