Jul 27 2026 | २०८३, श्रावण ११ गते

अनौठा ५ आविष्कार ! जसले मानिसलाई अमर बनाइदिनेछ…

अनौठा ५ आविष्कार ! जसले मानिसलाई अमर बनाइदिनेछ…

  • 404
    SHARES

  • अनौठा ५ आविष्कार ! जसले मानिसलाई अमर बनाइदिनेछ…

    विज्ञान—प्रविधिको चरम विकाससंगै अनौठा तथ्यहरु पत्ता लाग्नुका साथै अनेक यन्त्र तथा उपकरण बनिरहेका छन । केही बैज्ञानिकहरुले ब्रह्माण्ड नियाल्ने र बचाउन सक्ने आविस्कार गरेका छन भने केहीले क्षणभरमै सिंगो विश्वलाई ध्वस्त पार्ने आविस्कार बनाएका छन। आजको यस पाठ्यांसमा हामी तपाइलाई केही यस्ता आविस्कारहरुबारे जनाकारी दिनेछौँ, जुन मानिसलाइए सधैँभरीका लागि जीवित बनाउन सक्छन अर्थात अमर बनाउन सक्छन । यस्ता आविस्कारहरु अहिले पनि परिक्षणकैक्रममा रहेका छन । विकासोत्मुक यि अनौठा आविस्कारहरु सफल भए मानिसको आयु अस्वभाविक रुपमा बढ्न सक्ने वैज्ञानिकहरुले दावी गरेका छन् ।
    १.अंग उत्पादन गर्ने ल्याब
    विज्ञान—प्रविधिको क्षेत्र फराकिलो भएसंगै वैज्ञानिकहरु एक अनौठो कार्यमा जुटेका छन । उनिहरु मानव शरीरको कुनै पनि अंगले काम नगरेमा वा बिग्रिएमा नयाँ अंग उत्पादन गरेर त्यसको प्रतिस्थापन गराउने जुटेका हुन् । यदि बैज्ञानिकहरुको अंग उतपादन गर्ने प्रयास सफल भएमा मानिसले शरीरमा नयाँ अंग प्रत्यारोपण ल्याबबाट पाउन सक्नेछन्।
    २.अंगहरुको थ्रीडी प्रिन्टिङ
    विश्वमा थ्रीडी प्रिन्टिङको आविष्कारले एक क्रान्ति नै ल्यादिएको छ । यस आविष्कारले धेरै ठूलो मेसिनहरु समेत सजिलै प्रिन्ट गर्न सकिन्छ । अब यही आविस्कारलाई सदुपयोग गर्दै बैज्ञानिकहरुले थ्रीडी प्रिन्टिङको माध्यमबाट मानिसको शरीरको अंगलाई प्रिन्ट गर्ने सम्बनिध अनुसन्धान गरिरहेका छन्। यदि यस अनुसन्धानले सफलता पायोभने मानिसको अंग प्रतिरोपण गर्न सकिने छ र यसले मानिसलाई अमर बनाइदिनेछ ।

    ३.इनफ्युजिङ योङ ब्लड टू ओल्ड
    बैज्ञानिकहरु एक अनौठो परिक्षणमा जुटे । उनिहरुले एउटा बुढो मुसालाई केही समयसम्म जवान मुसाको रगत चढाए । मृत्युको मुखमा पुगिसकेको सो मुसा रगत दिइएपछि फलस्वरुप उक्त एक महीना भन्दा बढी समय बाँचेको थियो । यसैका आधारमा वैज्ञानिकहरुले यस खोजलाई निरन्तरता दिइरहेका छन । यदि यो खोजले सफलता पाए बुढो मानिस पनि रगत लिएर जवान हुन सक्नेछन ।

    ४.लंगीभिटी पिल्स
    पछिल्लो समय जलवायु परिवर्तन तथा अन्य विभिन्न समस्याका कारण मानवजातिको आयु घटिरहेको पक्षेपण छ। हरेक मानिसको लामो उमेर बाच्ने आकांक्षालाई मध्यनजर गर्दै बैज्ञानिकहरु यस्तो औषधिको खोजमा छन् । जसको माध्यमबाट मानिसले आफ्नो उमेर बढाउन सकुन् । यदि यो खोज सफल भए औषधि विश्व बजारमा उपलब्ध हुनेछ र मानिसको औषत आयु १ सयदेखि १ सय २० वर्षसम्मको हुने बैज्ञानिकहरुको दाबी छ ।

    ५.साइबोर्ग
    एक अध्ययन अनुसार प्रतिदिन ३ सय बढी मानिसहरु अंग खराब भएर मर्ने गरेका छन् । यस्ता व्यक्तिहरुले खोजेको समयमा चाहेको अंग नपाउँदा जिवन गुमाउनु परेको वैज्ञानिकहरुको निष्कर्ष छ । अब अंगहरु नपाइएको खण्डमा कृतिम अंग अर्थात मेसिन लगाउन सकिन्छ की, भन्ने विषयमा वैज्ञानिकहरुले अनुसन्धान अगाडि बढाएका छन् । यदि यो प्रयोग सफल भएमा मानिस आधा मेसिन र आधा मानव अंगको रुपमा देख्न पाइनेछ र यसले पनि नयाँँ क्रान्ती ल्याउने छ

    images
    आइतवार, पौष २६ २०७७०९:१०:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार