Nov 20 2026 | २०८३, मंसिर ५ गते

प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) को तेस्रो राष्ट्रिय सम्मेलन आजबाट जनकपुरमा

प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) को तेस्रो राष्ट्रिय सम्मेलन आजबाट जनकपुरमा

  • 160
    SHARES

  • प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) को तेस्रो राष्ट्रिय सम्मेलन आजबाट जनकपुरमा

    जनकपुरधाम, ४ मङ्सिर । प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) को तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ आजदेखि ऐतिहासिक नगरी जनकपुरधाममा सुरु भएको छ। ‘सामुदायिक विद्यालयलाई सबै मिलेर उत्कृष्ट बनाऔँ’ भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलन मङ्सिर ६ गतेसम्म सञ्चालन हुनेछ।

    पूर्वराष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने सम्मेलनमा देशभरबाट एक हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षाविद्, जनप्रतिनिधि, नीतिनिर्माता तथा शिक्षा क्षेत्रका साझेदारहरूको सहभागिता रहेको छ।

    विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, प्रधानाध्यापकको नेतृत्व क्षमता विकास र सार्वजनिक शिक्षा सुधारका लागि नीतिगत सहकार्य निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको पानले जनाएको छ।

    सम्मेलनमा विद्यालय शिक्षा विधेयक, नीतिगत चुनौती, डिजिटल सिकाइ, विद्यालय नेतृत्व र शैक्षिक गुणस्तर अभिवृद्धिका विषयमा छलफल तथा बहस हुनेछ। साथै शैक्षिक प्रविधिको प्रदर्शनीसमेत आयोजना गरिनेछ।

    सम्मेलनले विद्यालय शिक्षा सुधारको भावी मार्गचित्रसहित ‘जनकपुर घोषणापत्र’ जारी गर्नेछ। यसका साथै शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ।

    images
    शुक्रवार, मंसिर ५ २०८३०९:४९:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार