Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन बिश्वबिद्यालय , नेपाल ल क्याम्पस मा ६ सय कोर्टा निर्धारण , इन्ट्रान्स परिक्षा अनिवार्य पास गर्नुपर्ने !

त्रिभुवन बिश्वबिद्यालय , नेपाल ल क्याम्पस मा ६ सय कोर्टा निर्धारण , इन्ट्रान्स परिक्षा अनिवार्य पास गर्नुपर्ने !

  • 1.4K
    SHARES

  • त्रिभुवन बिश्वबिद्यालय , नेपाल ल क्याम्पस मा ६ सय कोर्टा निर्धारण , इन्ट्रान्स परिक्षा अनिवार्य पास गर्नुपर्ने !

    काठमाडौं । प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा एलएलबीका लागि ६ सय कोटा निर्धारण भएको छ । पहिलो वर्ष (शैक्षिक वर्ष २०७५/०७६)मा पढ्न प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने सूचना जारी गर्दै क्याम्पसले ६ सय सिट निर्धारण गरिएको जनाएको छ ।

     

    प्रवेश परीक्षा फारम भरिसकेका विद्यार्थीको प्रवेश परीक्षाको कार्यतालिका समेत निर्धारण भएको छ । माघ १७ गते शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रवेश परीक्षा हुने क्याम्पसले जनाएको छ। नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग, शंकरदेव क्याम्पस पुतलीसडक र महेन्द्ररत्न क्याम्पस ताहाचलमा परीक्षा केन्द्र तोकिएको सुचनामा उल्लेख छ।

    ‘एलएलबी तह प्रथम वर्षमा नेपाल ल क्याम्पसका लागि समावेशी कोटासहित विद्यार्थी सिट संख्या ६ सय निर्धारण भई आएकोले उक्त संख्यामा भर्नाका लागि प्रवेश परीक्षा लिई उत्तिर्ण विद्यार्थीलाई भर्ना लिनु भनी निर्देशन बमोजिम तीन वर्षे एलएलबी पहिलो वर्षका लागि प्रवेश परीक्षा फारम भरेका विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने,’ सूचनामा भनिएको छ।

     

    images
    आइतवार, पौष २६ २०७७०७:५७:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार