Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिबिमा बजेट भन्दा बेरुजु बढी

त्रिबिमा बजेट भन्दा बेरुजु बढी

  • 350
    SHARES

  • त्रिबिमा बजेट भन्दा बेरुजु बढी

    त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम २८ अर्ब नाघेको छ। जबकियो संस्थाको वार्षिक बजेट नै २१ अर्ब ८६ करोड ४५ लाखरुपैयाँ मात्रै छ। विश्वविद्यालयसभाले शुक्रबार यो बजेट पारित गरेको हो। बेरुजु फर्स्योट गर्न विश्वविद्यालयले हरेक वर्ष सेमिनार, तालिम तथा अभिमुखीकरण कार्यक्रममा लाखौं रकम खर्च गर्दै आएको छ। तर, बेरुजुको यो तथ्यांकले लगानीको परिणाम भने शून्यप्रायः देखाएको छ। महालेखापरीक्षक कार्यालयको गत वर्षको ५६ औं वार्षिक प्रतिवेदनमा त्रिविको कुल बेरुजु २१ अर्ब १२ करोड ७२ लाख ३१ हजार रुपैयाँ थियो। त्यसमध्ये एक वर्ष अवधिमा ८९ करोड ६६ लाख ८१ हजार रुपैयाँ संपरीक्षणबाट फर्स्योट भएको थियो। सोही वर्ष फर्स्योट भएको रकमभन्दा झन्डै नौ गुणा अर्थात् ८ अर्ब ४४ करोड १३ लाख ९९ हजार रुपैयाँ बेरुजु थपिएको हो। महालेखाको ५७औं वार्षिक प्रतिवेदनअनुसार त्रिविको कुल बेरुजु २८ अर्ब ६७ करोड १९ लाख ४९ हजार रुपैयाँ पुगेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

    images
    मंगलवार, कार्तिक ४ २०७७०६:०७:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार