शुक्रवार, चैत्र ४ २०७८
चैत्र ४, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय इन्जिनियरिङ अद्यायन संस्थान (आइओइ/IOE) द्वारा पुलचोक इन्जिनियरिङ क्याम्पसमा भर्नाकालागि प्रथम सुची प्रकाशित गरिएको छ। संस्थानले बि.इ./ बि.आर्क. तहमा भर्नाकालागी प्रथम सुची प्रकाशित गरेको हो।
इन्जिनियरिङ अध्यायन संस्थान प्रवेश परीक्षा बोर्ड द्वारा २०७८ साल फागुनमा संचालित बि.इ. / बि.आर्क. तहको प्रवेश परिक्षामा उत्तीर्ण भइ भर्नाको लागि आवेदन दिने आवेदकहरु बाट प्रवेश परिक्षाको योग्यताक्रमको आधारमा नामावली शुचि प्रकासित गरेको जनाइएको छ।
संसथानले सुचि त्रुटी भएमा दावी बिरोध गर्न पाइने र पुर्व प्रकाशित भर्ना सुचि अनुसार दावी बिरोधकालागी चैत ५ गते ११ बजे देखि २ बजे सम्म लिखित रुपमा निवेदन दिनसकिने बताएको छ।


































