बिहिवार, चैत्र १० २०७८
चैत १०, काठमाडौं - प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) द्वारा डिप्लोमा तथा प्रि डिप्लोमा तहको रजिस्ट्रेसन फाराम भर्न छुटेका विद्यार्थीहरुको लागि म्याद थप गरेको छ।
परीक्षा नियन्त्रण कार्यालय सिटिइभिटिले शैक्षिक सत्र २०७८/०७९ का लागि विभिन्न शिक्षण संस्थाहरुमा परीक्षार्थीहरुको रजिस्ट्रेसन फारम भर्न छुटेको विवरण आएकोले म्याद थप गरेको जनाएको हो ।
सिटिइभिटीले एक सूचना प्रकाशित गर्दै विद्यार्थीहरुलाई थप आर्थिक भार नपर्ने गरी भर्ना प्रक्रिया शुल्क र रजिस्ट्रेसन शुल्क नियमित शुल्कको दूइगुणा १ हप्ताको अर्थात चैत १६ गते सम्म र १ हप्ताभित्र पनि नआउने अर्थात चैत २३ गते सम्म पठाउने शिक्षण संस्थाहरुको हकमा चार गुणा लिई रजिस्ट्रेसन प्रकृया गराउने परीक्षा समितिको निर्णय गरेको छ ।
यस्तो छ सूचना ।
