Jul 27 2026 | २०८३, श्रावण ११ गते

CTEVT को डिप्लोमा तहको नियमित तथा आंसिक परिक्षा फारम खुल्यो।

CTEVT को डिप्लोमा तहको नियमित तथा आंसिक परिक्षा फारम खुल्यो।

  • 867
    SHARES

  • CTEVT को डिप्लोमा तहको नियमित तथा आंसिक परिक्षा फारम खुल्यो।

    बैशाख, १४- काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) को डिप्लोमा तहको नियमित तथा आंसिक परिक्षा आवेदन फारम खुलेको छ। परिषदको डिप्लोमा तह सेमेस्टर प्रणाली अन्तर्गत नियमित तथा आंसिक परिक्षार्थिहरुको परिक्षा आवेदन फारम खुलेको हो।

    परिषदका आंगिक, साझेदारी, सामुदायिक, बिद्यालय र निजि स्तरमा संचालित शिक्षणसंस्थाहरुमा डिप्लोमा इन इन्जिनियरिङ, फूड एण्ड डेरि टेक्नोलोजी, सूचना प्रबिधि, होटेल म्यानेज्मेन्ट, एग्रीकल्चर (प्लान्ट साइन्स / एनिमल साइन्स), तथा सोसियल वर्क्स कार्यक्रम प्रथम बर्ष प्रथम खण्ड नियमित / आंसिक परिक्षाको आवेदन फारम २०७९ बैशाख २८ गते बुधबार सम्म नियमित र २०७९ जेठ ४ गते बुधबार सम्म बिलम्ब शुल्कमा फारम भर्न / भराउन निर्देशन दिएको छ।

    उक्त फारम भरेका परिक्षार्थिहरुको परिक्षा २०७९ जेठ महिनामा संचालन हुने जनाइएको छ।

    त्यसैगरी बिशेष प्राबिधिक शिक्षा छात्रवृत्ति कार्यक्रम (दलित, मुसलमान, लोपउन्मुख, जाती तथा भुकम्प प्रभावित) अन्तर्गत शैक्षिकसत्र २०७३/७४ देखि भर्ना भई रजिस्ट्रेशन कायम भएका परिक्षार्थिहरुले समेत आंसिक परिक्षाको आवेदन फारम भर्न पाउने जनाइएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना।

    Screenshot_20220427-063353_Facebook.jpg

    images
    बुधवार, बैशाख १४ २०७९०६:५९:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार