शुक्रवार, जेठ १३ २०७९
जेठ, १३ काठमाडौ - प्राबिधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) प्री-डिप्लोमा तहको बिशेष मौका परीक्षा सम्बन्धमा अत्यन्तै जरुरी सूचना जारी गरेको छ
परिषदले प्री-डिप्लोमा (साबिक प्राबिधिक एस.एल.सी.) तह २०५६/६६ देखि २०७२/७३ सम्म पाठ्यक्रम ले निर्धारण गरेको अवधी भित्र प्रशिक्षण पूरा गरेका र रजिस्ट्रेसन भएका मध्य अनुत्तीर्ण भएका परिक्षार्थिहरुको अन्तिम पटकपटकका लागि २०७९ साउन/भदौ मा काठमाडौमा संचालन हुने भएको हो।
बिशेष मौका परिक्षामा सहभागी हुन चाहने परिक्षार्थी हरुले २०७९ जेठ २७ सम्म नियमित शुल्क र २०७९ असार ५ गते सम्म दोब्बर दस्तुर बुझाइ प्रदेश कार्यलय मा बुझाउन सकिने छ।
