Jul 27 2026 | २०८३, श्रावण ११ गते

भद्रपुर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको निति तथा कार्यक्रमहरु।

भद्रपुर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको निति तथा कार्यक्रमहरु।

  • 907
    SHARES

  • भद्रपुर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको निति तथा कार्यक्रमहरु।

    असार, ९ झापा। पुर्वी नेपालको झापा जिल्ला, भद्रपुर नगरपालिकाले ११ औं नगर सभा सम्पन्न गरेको छ। नगर सभाले आव २०७९/८० को लागी नीति तथा कार्यक्रमहरु सार्वजनिक तथा पारित गरेको छ।

    यस्तो छन, भद्रपुर नगरपालिकाको ११ औं नगर सभाले स्वीकृत गरेका शिक्षा, युवा तथा खेलकुद शाखाको नीति तथा कार्यक्रमहरु:

    १. कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीहरुलाई निशुल्क विद्यालय पोशाक वितरण गर्ने ।

    २. माध्यमिक तह छात्राहरुलाई विशेष छात्रबृत्ति प्रदान गर्ने, विज्ञान संकाय पढ्ने विपन्न समुदायका छात्राहरुलाई मासिक शुल्क नगरपालिकाले उपलब्ध गराउने ।

    ३. नगर नमुना विद्यालय घोषणा गरी नगरको एक आधारभूत विद्यालयलाई बार्षिक रु. १० लाख उपलब्ध गराउने ।

    ४. सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई मासिक १००० का दरले प्रअ भत्ता उपलब्ध गराउने ।

    ५. प्राथमिक तहमा बालमैत्री फर्निचर व्यवस्थापन गर्ने ।

    ६. दरबन्दी प्राप्त नगरेका ११–१२ संचालित सामुदायिक विद्यालय ( चन्द्रभानु र सगरमाथा मावि ) लाई अनुदान उपलब्ध गराउने ।

    ७. नगरमा एक बहुप्राविधिक विद्यालयको स्थापना गर्ने ।

    ८. बाल शिक्षकहरुको तलबमा १५ प्रतिशत बृद्धि गर्ने, विद्यालय लेखा कर्मचारीहरुको तलब समायोजन गरी मासिक २०००० कायम गर्ने र अन्य विद्यालय कर्मचारीहरुको लागि अवकास कोषको स्थापना गर्ने ।

    ९. अतिरिक्त क्रियाकलापहरु संचालनमा प्याब्सनसँग सहकार्य गर्ने ।

    १०. १० बर्षे शैक्षिक नगर विकास योजना निर्माण गर्ने ।

    ११. विद्यालयलाई तलब र लेखासम्बन्धी कार्य गर्नलाई सफ्टवेयर उपलब्ध गराउने ।

    १२. विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालय एकीकरणका लागि सरोकारवालाहरुसँग छलफल अघि बढाउने ।

    १३. खेल तथा कला क्षेत्रमा विषयगत प्रशिक्षकहरुको व्यवस्थालाई निरन्तरता दिने ।

    १४. १० वटा सामुदायिक विद्यालयमा खानेपानीको व्यवस्था गर्ने ।

    १५. जिर्ण रहेका छानाहरुलाई विस्थापित गरी नयाँ टिनको छाना लाउने ।

    १६. बालविकास शिक्षकहरुलाई मन्टेश्वरी तालिम प्रदान गर्ने ।

    १७. नगर भित्रका ५ वटा बालविकास केन्द्रलाई नमुना बालविकास केन्द्रको रुपमा विकास गर्ने ।

    १८. प्रथम भद्रपुर युवा महोत्सब संचालन गर्ने ।

    १९. मेची रंगशालामा प्रत्येक बर्ष भद्रपुर गोल्डकप संचालन गर्ने ।

    २०. एसइइमा उत्कृष्ट एक छात्रा र छात्रलाई प्रोत्साहन स्वरुप ल्यापटप उपलब्ध गराउने ।

    २१. सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको मासिक बैठकमा यातायात खर्च उपलब्ध गराउने ।

    २२. प्रत्येक विद्यायका एक एक जना शिक्षकलाई लामो अवधिको तालिम दिइ कम्प्युटर प्रशिक्षकको रुपमा विकास गर्ने ।

    २३. नगरले संचालन गर्ने शिक्षा केन्द्रित तालिम तथा कार्यक्रमहरुमा संस्थागत विद्यालयलाई सहभागी गराउने ।

    २४. नगरका सामुदायिक तथा संस्थागत विद्यालयका सबै विद्यार्थी एउटै पोशाक कायम गर्न छलफल प्रारम्भ गर्ने ।

    २५. शिक्षकहरुलाई कार्यसम्पादनमा आधार रही बार्षिक तथा तहगत रुपमा उत्कृष्ट शिक्षक सम्मान गर्ने ।

    स्रोत : लिला भण्डारीको फेसबूक वालवाट!

     

    images
    बिहिवार, आषाढ ९ २०७९०९:०९:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार